नेपालको शान्त भूकम्प: बालेनको विशाल जितले हिमाली सन्तुलनमा पार्ने प्रभाव

नेपालको शान्त भूकम्प: बालेनको विशाल जितले हिमाली सन्तुलनमा पार्ने प्रभाव
+
-

प्रस्तावना

उपलब्ध पछिल्ला निर्वाचन सूचनाहरूका आधारमा म विश्वस्त रूपमा भन्न सक्छु कि राष्ट्रिय स्वतन्त्र पार्टी संसदको सबैभन्दा ठूलो दल बन्ने सम्भावना छ। यो पार्टीले १०० भन्दा बढी सिट जित्न सक्ने देखिन्छ, र बालेन्द्र ‘बालेन’ शाह नेपालको आगामी प्रधानमन्त्री बन्ने सम्भावना बलियो छ।

झापा–५ (जसलाई धेरैले “महाभारतको युद्ध” जस्तो प्रतिस्पर्धा भनिरहेका छन्) मा बालेन शाह पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा सहज अग्रतामा छन्।

राष्ट्रिय राजनीतिक परिदृश्यमा बालेनलाई “अपरिचित” भनेर वर्णन गरिन्छ, तर त्यो वर्णनलाई केही सन्दर्भसहित बुझ्न आवश्यक छ।

के यो नयाँ सुरुवात हो?

बालेन शाह नेतृत्वको नेपालले एउटा पुस्तागत विच्छेद प्रतिनिधित्व गर्न सक्छ। विगतका दशकहरूमा विकसित भएको नेपालको परराष्ट्र नीतिको पुरानो सहमति कमजोर हुन सक्छ। नयाँ नेतृत्वले सम्भवतः असंलग्नताको नीति निरन्तरता दिन सक्छ, तर विगतका कूटनीतिक सन्तुलन र अनुभव बिना।

नेपालको शान्त भूकम्प

नेपालमा एउटा भौगोलिक रूपान्तरणजस्तै राजनीतिक परिवर्तन भइरहेको छ। प्रारम्भिक मतगणनाले देखाएअनुसार बालेद्र ‘बालेन’ शाह झापा–५ मा पूर्व प्रधानमन्त्रीलाई ठूलो अन्तरले पछि पारिरहेका छन्। एक समय असम्भव मानिएको कुरा अब लगभग निश्चित देखिन्छ– राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो विजयतर्फ अग्रसर छ,र नेपालले सम्भवतः आफ्नो पहिलो Gen-Z प्रधानमन्त्री पाउनेछ।

पुस्तागत भूकम्प 

संख्याले नै राजनीतिक परिवर्तनको गहिराइ देखाउँछन्।

मेरो अनुमान अनुसार रास्वपाले २७५ सदस्यीय संसदमा ११० भन्दा बढी सिट जित्न सक्छ। चार वर्षअघि मात्र अस्तित्वमा आएको पार्टीका लागि यो असाधारण उपलब्धि हुनेछ।

१९९० पछि नेपालको सत्ता घुमाइरहेका पुराना दलहरू– एमाले (केपी ओली), नेपाली कांग्रेस (शेरबहादुर देउवा) र माओवादी (प्रचण्ड)
अब मतदाताद्वारा क्रमशः पन्छाइँदै छन्।

४० वर्षभन्दा कम उमेरका मतदाता अहिले कुल मतदाताको ५२ प्रतिशत छन्। तर, यसलाई केवल “युवा लहर” भनेर बुझ्नु अपूर्ण हुनेछ। वास्तवमा यो तीन दशकदेखि चलिरहेको लेनदेन आधारित राजनीतिक सामाजिक सम्झौताको पतन हो।

धेरै वर्षसम्म मतदाताले आफ्नो समर्थनको बदलामा सानो-सानो ध्यान स्वीकार गरेका थिए– निर्वाचनको बेला एकपटक गाउँ आउनु, फोटो खिचाउनु, र केही अस्पष्ट वाचा गर्नु।

आज मतदाताले केवल निराशा व्यक्त गरेका छैनन्; उनीहरूले एउटा पुस्तागत फैसला सुनाएका छन्— त्यस्तो राजनीतिक वर्गविरुद्ध जसले शासनलाई जिम्मेवारी होइन, अधिकार ठानेको थियो।

२०२५ सेप्टेम्बरको आन्दोलन

सेप्टेम्बर २०२५ मा भएको जनआन्दोलन, जसले केपी ओलीको राजीनामा गरायो, कुनै आकस्मिक घटना थिएन।

यो लामो समयदेखि सञ्चित भएको क्रोधको विस्फोट थियो— भ्रष्टाचार, बेरोजगारी, र युवाहरूलाई जीविकाका लागि खाडी मुलुक पठाउने प्रणालीविरुद्ध।

३५ वर्षका संरचनात्मक इन्जिनियर, पूर्वयर्यापर र सामाजिक सञ्जालमा ३.५ मिलियनभन्दा बढी अनुयायी भएका बालेन शाह यही क्रोधको प्रतीक बने। उनले विस्तृत नीतिगत योजना प्रस्तुत गरेका कारण होइन, तर उनी “एण्टी-पोलिटिसियन”को छविका कारण लोकप्रिय बने– स्वाभाविक,
स्पष्ट, र पुराना राजनीतिक शैलीप्रति खुला असन्तुष्टि व्यक्त गर्ने।

परिवर्तनका जोखिम

तर यस्तो ठूलो परिवर्तनसँग जोखिम पनि छन्। तीन महत्वपूर्ण जोखिम उल्लेख गर्न चाहन्छु।

१. शासन क्षमता

नेपालका चुनौतीहरू अत्यन्त जटिल छन्— दीर्घकालीन बेरोजगारी, पूर्वाधारको अभाव, जलवायु परिवर्तनको जोखिम, दुई परमाणु शक्तियुक्त छिमेकीबीचको सन्तुलन राष्ट्रिय कार्यकारी अनुभव नभएको पहिलोपटक प्रधानमन्त्रीका लागि यो कठिन परीक्षा हुनेछ।

२. रास्वपाभित्रको अस्थिरता

रास्वपा आफैँ एक नाजुक गठबन्धन हो। पार्टी अध्यक्ष रवि लामिछानेविरुद्ध कानुनी मुद्दाहरू जारी छन्, र पार्टीभित्र पुरानो नेतृत्व र बालेन पक्षबीच तनाव रहेको चर्चा छ।

यदि निर्वाचनपछि विभाजन भयो भने मतदाताले टार्न खोजेको राजनीतिक अस्थिरता फेरि दोहोरिन सक्छ।

३. राष्ट्रवादी ऊर्जा

निर्वाचन अभियानमा प्रयोग हुने राष्ट्रवादी भाषण सत्ता आएपछि कूटनीतिक जोखिम बन्न सक्छ।

बालेनका केही पुराना सामाजिक सञ्जाल पोस्ट— जसमध्ये एउटा भारत, चीन र अमेरिकालाई अपशब्द प्रयोग गरेको भन्दै पछि हटाइएको थियो। सरकारमा पुगेपछि थप संयमता आवश्यक पर्ने संकेत दिन्छन्।

छिमेकीहरूको प्रतिक्रिया

भारत र चीनका लागि सही प्रतिक्रिया न त आतंकित हुनु हो, न अत्यधिक नजिकिनु। सबैभन्दा बुद्धिमानी उपाय हो—सन्तुलित र व्यवहारिक संवाद।

दुवै देशले नेपालको लोकतान्त्रिक निर्णयलाई सम्मान गर्नुपर्छ, चाहे परिणाम अप्रत्याशित किन नहोस्।

देशहरूले अब “नयाँ नेपाल” को सरकारसँग पेशागत रूपमा संवाद गर्नुपर्छ– कम्युनिस्ट वा कांग्रेस मानसिकताबाट होइन, “नेपाली दृष्टिकोण” बाट।

गहिरो सन्देश 

बालेनको लहर केवल नेपालको कथा होइन। यो विश्वव्यापी सन्देश पनि हो। आज वासिङ्टनदेखि दिल्ली र बेइजिङसम्म, पुराना राजनीतिक वर्गले एउटै वास्तविकता सामना गरिरहेका छन्– सामाजिक सम्झौता बदलिएको छ।

विशेष गरी युवा मतदाताहरू अब केवल वाचा होइन, परिणाम, पारदर्शिता र उत्तरदायित्व मागिरहेका छन्। नेपालको निर्वाचन वास्तवमा शान्त भूकम्प हो। पुराना अभिजात वर्गले धेरै अवसर पाए, तर अपेक्षित परिणाम दिन सकेनन्।

नयाँ नेतृत्व परीक्षणको चरणमा छ— अपरिचित, अनिश्चित, र केही हदसम्म अस्थिर। तर यो परिवर्तन समाजको वास्तविक आकांक्षाको अभिव्यक्ति पनि हो।

अन्तिम प्रश्न

अब प्रश्न नेपालका छिमेकीहरू र अन्तर्राष्ट्रिय समुदायका लागि छ– के उनीहरू यस्तो सरकारसँग सहकार्य गर्न तयार छन्, जसलाई उनीहरूले अपेक्षा गरेका थिएनन् र जसको नेतृत्व त्यस्तो व्यक्तिले गर्दैछ जसलाई उनीहरूले अझै पूर्ण रूपमा चिनेका छैनन्?

स्थिर, समृद्ध र सार्वभौम नेपाल सबैका लागि हितकर छ। तर स्थिरताको स्वरूप अब पहिले जस्तो नहुन सक्छ।

मतगणना जारी रहँदा एउटा कुरा स्पष्ट हुँदै छ– पुरानो नेपाल अब समाप्त भएको छ। अब आउने नयाँ नेपाल कस्तो हुनेछ भन्ने कुरा उसका छिमेकीहरूको बुद्धिमत्ता र नयाँ प्रधानमन्त्रीको राजनीतिक संवेदनशीलतामा निर्भर गर्नेछ।

समावेशी र समृद्ध नयाँ नेपालका लागि शुभकामना!

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?