मुगुमा मतपेटिका आज सदरमुकाम पुग्ने, शनिबारदेखि मतगणना

मुगुमा मतपेटिका आज सदरमुकाम पुग्ने, शनिबारदेखि मतगणना
+
-

मुगु – मुगु जिल्लामा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत अधिकांश मतदान केन्द्रका मतपेटिका आजै सदरमुकाम गमगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्ने भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत प्रेमराज खनियाँका अनुसार मुगुम कार्मारोङ गाउँपालिकाका दाेल्फु र मुगु मतदान केन्द्रबाहेक सोरू गाउँपालिका र खतेड क्षेत्रका अन्य सबै मतदान केन्द्रका मतपेटिका आजै सदरमुकाम आइपुग्ने छन्।

निर्वाचन सम्पन्न भएसँगै सुरक्षाकर्मी र कर्मचारीको टोलीले मतपेटिका सुरक्षित रूपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य तीव्र बनाएका छन्। दुर्गम तथा भौगोलिक कठिनाइका कारण मुगुम कार्मारोङका दाेल्फु र मुगु केन्द्रका मतपेटिका भने केही ढिला पुग्ने जनाइएको छ।

सबै मतपेटिका सदरमुकाम पुगेपछि आवश्यक प्रक्रिया पूरा गरी शनिबारदेखि मतगणना सुरु गरिने सहायक मतदान अधिकृत खनियाँले जानकारी दिए। मुगु जिल्लामा यसपटकको निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जनाइएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?