अ
+
अ
अ
-
काठमाडौँ – टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध टस जितेर इंग्ल्याण्डले पहिले बलिङ गर्ने निर्णय गरेको छ।
इंग्ल्याण्डले फिल्डिङ रोजेपछि भारतले मुम्बईस्थित वानखेडे स्टेडियममा ब्याटिङ सुरु गरेको छ।
इङ्ल्यान्डको प्लेइङ–११ मा कप्तान ह्यारी ब्रुक, फिल साल्ट, जोस बटलर, जेकब बेथेल, टम ब्यान्टन, साम करन, विल ज्याक्स, लियाम डसन, जेमी ओभरटन, जोफ्रा आर्चर र आदिल राशिद छन्।
त्यसैगरी भारतको प्लेइङ–११ मा कप्तान सूर्यकुमार यादव, अभिषेक शर्मा, सन्जु स्यामसन, ईशान किशन, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, वरुण चक्रवर्ती, अर्शदीप सिंह र जसप्रित बुमराह छन्।