अ
+
अ
अ
-
जनकपुरधाम – सप्तरीमा साढे ३ बजेसम्ममा ४१.६९ प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालय, सप्तरीका अनुसार जिल्लामा ४ लाख ४६ हजार ४०२ जना मतदाता रहेकोमा १ लाख ८४ हजार २२९ जनाले मतदान गरेका छन्।
मतदान गर्नेमा ९८ हजार ४०९ जना महिला, ८५ हजार ८१५ जना पुरुष र ५ जना अन्य रहेका छन्।
क्षेत्र नम्बर २ मा ४९.९ प्रतिशत, क्षेत्र नम्बर १ मा ४९ प्रतिशत, क्षेत्र नम्बर ४ मा ३६.७ प्रतिशत र क्षेत्र नम्बर ३ मा ३१.३ प्रतिशत मत खसेको हो।