अ
+
अ
अ
-
मोरङ – सुनसरीको झुम्का कारागारमा ८० जना कैदीबन्दीले मताधिकार प्रयोग गरेका छन्।
निर्वाचन अधिकृत विप्लव घिमिरेका अनुसार हालसम्म ८० जनाले मत हालेका छन्। कारागारमा १ सय ८७ जनाको मतदाता सूचीमा नाम रहेको भए पनि विभिन्न कारण उनीहरु मताधिकारबाहिर रहेको बताइएको छ।
कारागार प्रशासनका अनुसार सूचीमा नाम भए पनि अधिकांश कैदीबैदी छुटिसकेको, स्थानान्तरण भएको र कागजपत्रको कमी र मतदाता परिचय पत्र नहुँदा मताधिकारबाट वन्चित हुनुपरेको हो।
कारागारमा १ हजारभन्दा बढी कैदीबन्दी रहेका छन्।