- मोरङका ६ वटै निर्वाचन क्षेत्रमा दिउँसो १ बजेसम्म २ लाख ३१ हजार ३ सय ९७ मत खसेको छ।
- क्षेत्र नम्बर १ र ४ मा समान ३२ दशमलब ९८ प्रतिशत मत खसेको छ, क्षेत्र नम्बर ५ मा सबैभन्दा कम २२ दशमलव १५ प्रतिशत मत खसेको छ।
- कुल ८८८ मतदान केन्द्रमध्ये दिउँसो १ बजेसम्म २९ दशमलव ५५ प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
मोरङ- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङमा दिउँसो १ बजेसम्म २९ दशमलव ५५ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार हालसम्म मोरङका ६ वटै निर्वाचन क्षेत्रमा २ लाख ३१ ह्जार ३ सय ९७ मत खसेको हो ।
कार्यालयका अनुसार १ सय ५१ वटा मतदान केन्द्र संख्या रहेको क्षेत्र नम्बर १ मा ३२ दशमलव ९८ प्रतिशत मत खसेको छ । जसअनुसार सो क्षेत्रमा ४२ हजार ३ सय ८९ जनाले मताधिकार प्रयोग गरिसकेका छन् ।
त्यसैगरी, १ सय ५४ वटा मतदान केन्द्र रहेको क्षेत्र नम्बर २ मा ३४ हजार ७ सय ९१ मत खसेको छ । जसअनुसार यो क्षेत्रमा २६ दशमलव ९३ प्रतिशत मत खसेको हो । मोरङ क्षेत्र नम्बर ३ मा २८ दशमलव ९९ प्रतिशत अर्थात ४५ हजार ८ सय २३ मत खसेको छ ।
मोरङको क्षेत्र नम्बर ४ मा भने ३२ दशमलव ९८ प्रतिशत मत खसेको छ । जहाँ ३९ हजार ३ सय ३० मतदाताले आफ्नो अधिकार प्रयोग गरेका छन् ।
मोरङको क्षेत्र नम्बर ५ भने सबैभन्दा कम २२ दशमलव १५ प्रतिशत मत खसेको प्रशासन कार्यालय मोरङले जनाएको छ । सो क्षेत्रमा हालसम्म २४ हजार ४ सय मत खसेको छ ।
मोरङ क्षेत्र नम्बर ६ मा भने ३२ दशमलव ४० प्रतिशत मत अर्थात कुल मतको ४४ हजार ६ सय ६४ मत खसेको छ ।
मोरङको कुल ८ सय ८८ मतदान केन्द्रमा कुल ७ लाख ८३ हजार ५० मतदाता मध्ये दिउँसो १ बजेसम्म २ लाख ३१ हजार ३ सय ९७ मत खसेको छ ।