अ
+
अ
अ
-
धनगढी- मतदान गर्न जाने क्रममा हातपात हुँदा घाइते भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) को अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेकाे छ।
शंकर प्राविको मतदानस्थलमा मतदान गर्न जाने क्रममा शाहीमाथि एमाले कार्यकर्ताले आक्रमण गरेकाे आरोप छ।
उनको टाउकोमा चोट लागेको छ। उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्।