अ
+
अ
अ
-
नेपालगन्ज- निर्वाचनलाई प्रभावित पार्न अज्ञात समूहले बाँकेकाे तीन ठाउँमा बम राखेकाे छ।
काेहलपुर नगरपालिका वडा नम्बर ४ काे बेलनपुरस्थित सिक्टा सिंचाईकाे पुलमा, खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीकाे बाटाेमा र राप्तीसाेनारी गाउँपालिका वडा नम्बर ५ विनाैनाकाे सडकमा कुकर बम फेला परेकाे हाे।
तीनवटै ठाउँका बमलाई नेपाली सेनाले बिहान ६ देखि ७ बजेको बीचमा निष्क्रिय पारेकाे छ।
जिल्लामा चार ठाउँमा बम राखेकाे हल्ला फैलाइएकाे थियाे। एक ठाउँकाे भने भेटिएकाे छैन।
यसैबीच, बाँकेमा बिहान ७ बजेदेखि मतदान सुरु भएकाे छ। उम्मेदवारहरूले बिहान सुरु मै मत हालेर निस्केका छन्। जिल्लामा ४ सय मतदान केन्द्र रहेका छन्। ५८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।