बाँकेमा बन्दैछन् चार सय मतदान केन्द्र

बाँकेमा बन्दैछन् चार सय मतदान केन्द्र
+
-
देशसञ्चार AI सारांश
  • नेपालगन्जमा भोलिको प्रतिनिधि सभा निर्वाचनका लागि बाँकेमा चार सय मतदान केन्द्र निर्माण हुँदैछन्।
  • बाँकेमा ३ लाख ५० हजार ३७१ मतदाता छन्, जसमा ५८ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्।
  • जिल्लामा आठ सय मतदान अधिकृत र सहायक अधिकृत परिचालन गरिसकिएको छ।

नेपालगन्ज- भोलि हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँकेमा चार सय वटा मतदान केन्द्र निर्माण कार्य भइरहेकाे छ। बिहानैदेखि कर्मचारीहरु मतदान केन्द्र बनाउन जुटिरहेका छन्।

तीन वटा निर्वाचन क्षेत्र रहेकाे बाँकेमा एक सय ३९ वटा मतदान स्थलमा ४ सय केन्द्र रहेका छन्। भोलि हुने निर्वाचनका लागि आज रातिसम्ममा मतदान केन्द्र तयार गरिसक्नु पर्ने हुन्छ।

जिल्लामा आठ सय जना मतदान अधिकृत र सहायक अधिकृत परिचालन गरिएकाे छ।

बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ जना मतदाता रहेका छन्। क्षेत्रगत हेर्दा १ नम्बरमा १ लाख २४ हजार ७ सय २७ जना, क्षेत्र नम्बर २ मा १ लाख ८ हजार २ सय ९० जना र क्षेत्र नम्बर ३ मा १ लाख १७ हजार ३ सय ५४ जना मतदाता रहेका छन् ।

यहाँ ५८ जना उम्मेदवार छन्। क्षेत्र नम्बर १ मा १६ जना, क्षेत्र नम्बर २ मा २० जना र क्षेत्र नम्बर ३ मा २२ जना उम्मेदवार रहेका छन्।

जिल्लामा २ हजार ९ सय ३० जना अस्थायी मतदाता रहेका छन्। यसमा सुरक्षाकर्मी, कर्मचारी र कैदीबन्दी पर्दछन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?