पैसा बाँड्दै हिडेको आरोपमा राप्रपाका नेता राजुजंग कन्दङवा पक्राउ ​

पैसा बाँड्दै हिडेको आरोपमा राप्रपाका नेता राजुजंग कन्दङवा पक्राउ ​
+
-

झापा- चुनाव लक्षित पैसा बाँड्दै हिडेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का झापा क्षेत्र नम्बर २ का उपाध्यक्ष राजुजंग कन्दङवा पक्राउ परेका छन्।

बिर्तामोड नगरपालिका– ६ निवासी कन्दङवालाई बुधबार बिहान ११:२० बजेतिर बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालय अगाडिको फलफूल लाइनबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

सुरक्षा स्रोतले उनी चुनावका लागि पैसा बाँड्दै गरेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको दाबी गरेको छ। राप्रपा झपाका अध्यक्ष केशव ओझालेसमेत मौन यो अवधिमा कन्दङवा चुनाव प्रचार प्रसारका लागि प्रयोग भएको गाडीमा हिड्डुल गरेको उनी सवार गाडीबाट चुनाव प्रचार प्रसारका सामग्री फेला परेको स्वीकार गरे।

यद्यपि उनको साथबाट पैसा भेटिएको वा नभेटिएकोबारेमा जानकारी प्राप्त हुन सकेको छैन। झापा २ मा राप्रपाबाट स्वागत नेपाल उम्मेदवार रहेका छन्।

सशस्त्र प्रहरीले पक्राउ गरेर कान्दङवालाई निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको छ। उनलाई छुटाउनका लागि निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय भइरहेको अध्यक्ष ओझाले बताए।

निर्वाचनको समय नजिकिँदै गर्दा झापामा सुरक्षा निकायले निगरानी बढाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?