अ
+
अ
अ
-
काठमाडौँ- बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि उपत्यकाबाट ठूलो संख्यामा मतदाता बाहिरिएसँगै काठमाडौँका सडकहरू सुनसान देखिन थालेका छन्।
निर्वाचनमा सहभागी हुन आ-आफ्नो गृहजिल्लातर्फ गएका सर्वसाधारणका कारण राजधानीमा सवारी साधनको चाप उल्लेखनीय रूपमा घटेको छ।
दैनिक भीडभाड हुने मुख्य सडकहरूमा समेत सवारी आवागमन कम देखिएको छ भने बजार क्षेत्रहरू पनि सामान्यभन्दा शान्त देखिएका छन्।
निर्वाचनको पूर्वसन्ध्यामा राजधानीको चहलपहल घटेर सडकहरू सुनसान बनेका दृश्यहरू सार्वजनिक भएका छन्।
तस्बिरहरू:

तस्बिर: नेपाल फोटो लाइब्रेरी।