वसन्तको आगमनसँगै काठमाडौँमा ढकमक्क फुल्न थाले चेरी (तस्बिरहरू)

वसन्तको आगमनसँगै काठमाडौँमा ढकमक्क फुल्न थाले चेरी (तस्बिरहरू)
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
+
-

काठमाडौँ— वसन्त ऋतुको आगमनसँगै काठमाडौँ उपत्यकाको दृश्य फेरिएको छ। विशेषगरी काठमाडौँको लैनचौर, सिनामंगल र भृकुटीमाण्डप क्षेत्रका सडक किनारा र पार्कहरूमा ढकमक्क चेरीका फूलहरू फुल्न थालेपछि शहरको सुन्दरतामा नयाँ चमक थपिएको हो।

पछिल्लो समय काठमाडौँ महानगरपालिकाले शहरी सौन्दर्यकरण अभियान अन्तर्गत विभिन्न मुख्य सडकका किनारा र सार्वजनिक पार्कहरूमा चेरीका बिरुवाहरू रोपेको थियो। ती बिरुवाहरू अहिले बयस्क भई फूल फुल्न थालेपछि राजधानीका सडकहरू गुलाबी र सेतो रङ्गले सजिएका देखिन्छन्। यसले धूलो र कोलाहलका बीच पनि उपत्यकाबासीलाई प्रकृतिको आनन्द महसुस गराएको छ।

चेरी फुल्न थालेसँगै ती स्थानहरूमा सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको छ। विशेषगरी युवापुस्ता र पर्यटकहरू फुल्दै गरेका चेरीका फूलहरूसँग सेल्फी खिच्न, टिकटक बनाउन र तस्बिर लिन व्यस्त देखिन्छन्। सामाजिक सञ्जालमा समेत यतिबेला काठमाडौँका यी दृश्यहरू भाइरल भइरहेका छन्।

जापानको राष्ट्रिय फूलका रूपमा प्रसिद्ध रहेको चेरी (साकुरा) ले काठमाडौँको शहरी वातावरणलाई शान्त र आकर्षक बनाउन मद्दत गरेको छ। महानगरले शहरी सुन्दरताका लागि चालेको यो कदमको स्थानीय स्तरमा प्रशंसा भइरहेको छ।

तस्बिरहरू: 

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?