टी- २० विश्वकप: पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यन्ड भिड्दै

टी- २० विश्वकप: पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यन्ड भिड्दै
+
-
देशसञ्चार AI सारांश
  • दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच टी–२० विश्वकपको पहिलो सेमिफाइनल कोलकातास्थित इडेन गार्डेनमा साँझ ७:१५ बाट सुरु हुनेछ।
  • दक्षिण अफ्रिका सेमिफाइनलमा अपराजित छ, जबकि न्युजिल्यान्डले समूह चरणमा दुई हार बेहोरेको छ।
  • पिच ब्याटरमैत्री मानिएता पनि वर्षाको सम्भावना छैन, तापक्रम २२–३३ डिग्री सेल्सियस रहनेछ।

आईसीसी टी–२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै छन्। खेल कोलकातास्थित इडेन गार्डेन मैदानमा साँझ ७:१५ बाट सुरु हुने छ।

विश्वकप इतिहासमा यी दुई टोलीबीच यो छैटौं भेट हो। अघिल्ला पाँचै खेल दक्षिण अफ्रिकाले जितेको छ। तर सेमिफाइनल चरणमा भने दुवै टोली पहिलोपटक भिड्दैछन्।

जारी प्रतियोगितामा दक्षिण अफ्रिका अपराजित छ, जबकि न्युजिल्यान्डले दुई हार बेहोरेको छ। समूह चरणमा दक्षिण अफ्रिकासँग र सुपर–८ मा इंग्ल्यान्डसँग न्युजिल्यान्ड पराजित भएको थियो।

सन् २००५ मा पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलेयता दुवै टोलीबीच १९ खेल भएका छन्। दक्षिण अफ्रिकाले १२ जित दर्ता गर्दा न्युजिल्यान्डले ७ खेल जितेको छ। यही विश्वकपमा भएको पछिल्लो भेटमा दक्षिण अफ्रिकाले ७ विकेटले बाजी मारेको थियो।

न्युजिल्यान्ड पाँचौं पटक सेमिफाइनलमा पुगेको हो (२००७, २०१६, २०२१, २०२२ र अहिले)। त्यस्तै दक्षिण अफ्रिका चौथोपटक सेमिफाइनल खेल्दै छ (२००९, २०१४, २०२४ र अहिले)। २०२४ मा उसले पहिलोपटक फाइनल पुगेको थियो।

पिच र मौसम
ईडन गार्डेन मैदानको पिच ब्याटरमैत्री मानिन्छ। यस विश्वकपमा यहाँ भएका ६ खेलमध्ये ४ मा पहिले ब्याटिङ गर्ने टोली विजयी भएको छ। चार खेलमा १७० भन्दा माथिको स्कोर बनेको छ।

कोलकातामा वर्षाको सम्भावना छैन, तापक्रम २२–३३ डिग्री सेल्सियसबीच रहने अनुमान छ।

अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा रहेको दक्षिण अफ्रिका र इतिहास उल्ट्याउने चुनौतीमा रहेको न्युजिल्यान्डबीचको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

सम्भावित प्लेइङ–११
दक्षिण अफ्रिका: एडन मारक्रम (कप्तान), क्विन्टन डी कक (विकेटकिपर), रायन रिकेल्टन, डेवाल्ड ब्रेभिस, डेभिड मिलर, ट्रिस्टन स्टब्स, जर्ज लिन्दे, कोर्बिन बोस्च, एनरिक नोर्त्या, क्वेना मफाका, लुंगी एनगिडी।

न्युजिल्यान्ड: फिन एलन, टिम साइफर्ट (विकेटकिपर), रचिन रविन्द्र, ग्लेन फिलिप्स, मार्क चापम्यान, ड्यारिल मिचेल, मिचेल स्यान्टनर (कप्तान), कोल म्याकन्की, म्याट हेनरी, ईश सोधी, लकी फर्ग्युसन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?