- कमजोर प्रदर्शनपछि प्रत्येक पाकिस्तानी खेलाडीमाथि ५० लाख पाकिस्तानी रुपैयाँ जरिवाना गरिएको छ, जसले आर्थिक प्रभाव पार्नेछ।
- पीसीबीले भविष्यमा राम्रो प्रदर्शन गरेमात्र आर्थिक लाभ पाउने खेलाडीहरूलाई स्पष्ट सन्देश दिएको छ।
- समूह चरणमा पाकिस्तानले केही जितहरू हासिल गरे पनि अन्ततः कमजोर रनरेटका कारण सेमिफाइनलमा पुग्न असफल रह्यो।
टी-२० विश्वकपमा कमजोर प्रदर्शन गरेको भन्दै पाकिस्तानी खेलाडीलाई छ। पाकिस्तानको विश्वकप टोलीका खेलाडीमाथि ५०–५० लाख जरिवाना गरिएको हो। टोलीको निराशाजनक खेलबाट असन्तुष्ट बनेको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले हारको सजाय हुनैपर्ने भन्दै कडा निर्णय लिएको हो।
द एक्सप्रेस ट्रिब्यून का अनुसार, प्रत्येक खेलाडीलाई ५० लाख पाकिस्तानी रुपैयाँ (करिब २६ लाख बढी नेपाली रुपैंया) जरिवाना तोकिएको छ। बोर्डका अधिकारीहरूले अब खेलाडीले राम्रो प्रदर्शन गरेमा मात्रै आर्थिक लाभ पाउने स्पष्ट पारेका छन्।
भारत विरुद्धको खेलमा हार भोगेपछि नै हरेक पाकिस्तानी खेलाडीमाथि ५० लाख रुपैयाँ जरिवाना लगाइएको थियो। प्रशंसक मात्र होइन, बोर्डका अधिकारीहरू पनि टोलीको प्रदर्शनबाट निकै असन्तुष्ट थिए। पीसीबीले स्पष्ट सन्देश दिएको छ कि जसरी राम्रो खेलमा पुरस्कार पाइन्छ, त्यस्तै खराब खेलमा सजाय पनि हुन्छ। भारतसँगको हारलगत्तै टोलीलाई यो निर्णय जानकारी गराइएको थियो।
पाकिस्तान राष्ट्रिय टोलीका खेलाडीहरूलाई चार श्रेणीमा तलब दिइँदै आएको छ। ए श्रेणी: करिब ६५ लाख रुपैयाँ प्राप्त गर्दा बी श्रेणीका खेलाडीले ४५ लाख रुपैयाँ तथा सी श्रेणीका खेलाडीलाइ २० लाख रुपैयाँ र डी श्रेणीका खेलाडीलाई १२.५० लाख रुपैयाँ दिंदै आएको छ।
तर जुलाई २०२५ देखि जुन २०२६ सम्मको पछिल्लो सम्झौतामा पीसीबीले कुनै पनि खेलाडीलाई ए श्रेणीमा राखेको थिएन। त्यसैले जरिवानापछि बी श्रेणीका खेलाडीको झन्डै एक महिनाको तलब कट्नेछ भने सी र डी श्रेणीका खेलाडीले २ देखि ३ महिनासम्मको तलब जरिवानाका रूपमा बुझाउनुपर्ने अवस्था आएको छ।
पाकिस्तानले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्स विरुद्ध कठिन जित हात पार्यो। त्यसपछि युएसए लाई हराउँदा श्रीलंकाको पिच र स्पिन मैत्री अवस्था आफ्नो पक्षमा हुने अपेक्षा गरिए पनि इन्डिया विरुद्ध ६१ रनले पराजित भयो। अन्तिम खेलमा नामिबिया लाई हराउँदै सुपर–८ मा पुग्यो।
सुपर–८ मा न्युजिल्यान्ड विरुद्धको खेल वर्षाका कारण रद्द भयो भने इंल्यान्ड सँगको खेलमा झिनो अन्तरले हार्यो । त्यसपछि सेमिफाइनल पुग्ने आशा अन्य खेलको नतिजामा निर्भर बन्यो।
श्रीलंका विरुद्ध साँघुरो जित हात पारे पनि कमजोर रनरेटका कारण न्यूजील्याण्ड सेमिफाइनलमा पुग्यो र पाकिस्तान बाहिरियो।
पाकिस्तानका लागि साहिबजादा फरहानले प्रतियोगितामा सर्वाधिक ३८३ रन बनाए। तर सईम अयूब, सलमान अली आगा, बाबर आजम र उस्मान खानले १०० रनसमेत बनाउन सकेनन्। स्पिनर उस्मान तारिकले १० विकेट लिए पनि अन्य बलरहरूको प्रदर्शन सन्तोषजनक रहेन।