- फागुन २१ को निर्वाचनका लागि कर्मचारी र सामाग्री लिन 14 हेलिकोप्टर उडान गराएर लिमी र चाला पुगेका छन्।
- लिमीका तीन मतदान केन्द्रमा 15 कर्मचारी, 51 प्रहरी र निर्वाचन प्रहरी सुरक्षार्थ खटिएका छन्।
- सेनाका दुई हेलिकोप्टरले निर्वाचन सामाग्री र कर्मचारी ढुवानीको सम्पूर्ण व्यवस्था गरेको सुरक्षा समितिले जनाएको छ।
हुम्ला – फागुन २१ गतेको निर्वाचनमा खटिएका कर्मचारी र निर्वाचन सामग्री चौध उडान हेलिकोप्टरले भरेर नाम्खा गाउँपालिकाको लिमी र चाला पुगेका छन्। निर्वाचन आयोगले कर्मचारी ओसार्ने ब्यवस्था हेलिकोप्टरबाट गरेको न्यालु र नाराको हिउँ पन्छाएपछि मतदाता पैदल लिमी पुगेका हुन्।
हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका– ६ को लिमीमा कर्मचारी मतपत्र सहित निर्वाचन सामाग्री हेलिकोप्टरमा पुगेको छ। लिमीमा खटिएका सबै कर्मचारी, सुरक्षाकर्मी, मतपत्र र अन्य सामाग्रीहरु हेलिकोप्टरबाट ढुवानी भएको मुख्यनिर्वाचन अधिकृत निलकण्ठ बरालले बताए। सेनाको हेलिकोप्टरबाट सिमकोटबाट दश वटा र याल्वाङवाट चार वटा गरि चौध उडान भरिएको हो। यसका लागि सेनाका दुई वटा हेलिकोप्टर हुम्ला आई पुगेका थिए।
जिल्ला सुरक्षा समिति र जिल्लाको भौगोलिक ब्यवस्थापन समितिको बैठकले लिमीका तीन वटा र चालाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरुलाई हेलिकोप्टरबाट ओसार्ने ब्यवस्था गर्न गरेको अनुरोधलाई सदर गर्दै हेलिकोप्टरको ब्यवस्था गरेको हो। लिमीका तीन वटा मतदान केन्द्र हिमशिखर प्रावि तील , सुनखानी प्रावि हल्नी भृकुटी प्रावि जाङ रहेका छन्।
तीन सय भन्दा कम मतदाता रहेको कारण तीन वटै मतमदान केन्द्रमा गरि मतदान अधिकृत सहित १५ जना कर्मचारी ५१ ज्ना नेपाल प्रहरी र निर्वाचन प्रहरी खटिएका छन्। लिमीका तीन वटा मतदान केन्द्रका लागि कर्मचारी, सुरक्षाकर्मी र मतपत्र सहित मतदान सामाग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टरले उडान भरेको होे। सो मतदान केन्द्रमा पाँच जना कर्मचारी, तीन जना प्रहरी र दश जना निर्वाचन प्रहरी खटिनु भएको छ। सेनाका दुई वटा हेलिकोप्टरले उडान भरेका हुन।