जिल्लासँग जोडिएका सीमानाका मंगलबार मध्यरातिदेखि ७२ घण्टाका लागि बन्द हुने

जिल्लासँग जोडिएका सीमानाका मंगलबार मध्यरातिदेखि ७२ घण्टाका लागि बन्द हुने
+
-

माेरङ  – फागुन २१ हुने निर्वाचनको सुरक्षालाई लिएर मोरङ जिल्लासँग जोडिएका भारतीय नाका मंगलबार मध्यरातिदेखि ७२ घण्टाका लागि बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार मतदानको दिनसम्म सीमाबाट हुने आवागमन पूर्णरूपमा रोकिने छ। निर्वाचन आचारसंहिता अनुसार मतदान हुनुअघि ७२ घण्टालाई मौन अवधि रहनेछ।

यस अवधिमा कुनै पनि किसिमको चुनावी प्रचार–प्रसार गर्न नपाइने र सीमा नाका बन्द गरी सुरक्षालाई कडाइ हुनेछ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने व्यवस्था गरिएको बताए।

अन्तर्राष्ट्रिय उडानका यात्रुहरूका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा सहजीकरण हुने उनले बताए । प्रमुख जिल्ला अधिकारी कट्टेलले सोमबारदेखि ३ दिनका लागि मोरङको जोगबनीसहित सबै नाका बन्द हुने जानकारी दिए ।

निर्वाचनको मौन अवधिमा दुवै देशका नागरिकलाई आवतजावतमा रोक लगाइने प्रशासनले जनाएको छ । यद्धपी, अत्यावश्यक र आपतकालिन अवस्थाको क्षण हेरेर आवतजावत गर्न सकिने बताइएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?