कोशी प्रादेशिक क्रिकेट संघद्वारा तीन पदमा कर्मचारी माग

कोशी प्रादेशिक क्रिकेट संघद्वारा तीन पदमा कर्मचारी माग
+
-
देशसञ्चार AI सारांश

  • कोशी प्रादेशिक क्रिकेट संघले क्रिकेट प्रशिक्षक, पिच क्युरेटर र विकास अधिकृत पदका लागि खुला आवेदन माग गरेको छ।

  • प्रशिक्षक र क्युरेटर पदमा आवेदनका लागि कम्तीमा २ वर्षको अनुभव र सम्बद्ध प्रमाणपत्रको आवश्यकतामा जोड दिइएको छ।

  • पुष्प थापा र शिरिष उपाध्यायलाई विश्रामदिएपछि नयाँ कर्मचाऱ्यहरूको आवश्यकतामा संघले सिफारिस गरेको छ।

माेरङ – कोशी प्रादेशिक क्रिकेट संघले विभिन्न तीन पदमा कर्मचारी आवश्यक्ता खुला गरेको छ। संघका सचिव टीकाराम पुरीका अनुसार क्रिकेटका प्रशिक्षकदेखि पिच क्युरेटर र विकास अधिकृतको खुला आवेदन माग गरिएको हो।

संघका अध्यक्ष सर्वजीतराज पाण्डेले प्रदेशस्तरको क्रिकेटलाई विकास र ब्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि आवेदन माग गरिएको बताएकाछन् । उनका अनुसार मान्यता प्राप्त प्रशिक्षण प्रमाणपत्र लेभल १ गरि कम्तीमा २ वर्षको प्रशिक्षण अनुभव भएकाहरुले प्रशिक्षकमा आवेदन गर्न पाउनेछन्।

त्यसैगरी, प्रदेशमा विभिन्न क्रिकेट मैदानको पिचको निर्माणदेखि रेखदेखसम्मको अभिभारा क्युरेटरले पाउने उनको भनाई छ । यसका लागि पनि कम्तीमा २ वर्षको अनुभव भएकालाई संघले प्राथमिकता दिने जनाएको छ।

अध्यक्ष पाण्डेका अनुसार क्युरेटरलाई क्रिकेट मैदान र पिचबारे जानकारी हुनुपर्नेमा संघले जोड दिएको छ । त्यसैगरि, समग्र क्रिकेटको विकासका लागि विकास अधिकारीको माग गरिएको उनले बताएका छन्।

प्रदेश क्रिकेटमा यसअघि प्रशिक्षकमा पुष्प थापा र क्युरेटरमा शिरिष उपाध्याय रहेका थिए । केहीसमय अघि प्रादेशिक क्रिकेटको बैठकबाट दुवैजनालाई तत्कालका लागि विश्रामदिने निर्णय गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए।संघका अनुसार आवेदनआएसंगै चैत्रको दोस्रो साताबाट सर्टलिष्ट गर्नेछ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?