विभिन्न दलका उम्मेदवारले मोरङ ६ मा कोइरालालाई सहयोग गर्ने

विभिन्न दलका उम्मेदवारले मोरङ ६ मा कोइरालालाई सहयोग गर्ने
+
-

माेरङ – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ मा अन्य राजनीतिक दलका उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गर्ने भएका छन्।

नेता कोइरालाको सचिवालयका अनुसार उनलाई समर्थन गर्दै विभिन्न दलका उमेदवारले आफू निष्क्रिय बस्ने निर्णय गरेका हुन्।

सचिवालयका अनुसार ती दलका उम्मेदवारहरुले प्रत्यक्षतर्फ कांग्रेसका उमेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेका हुन् । सो क्रममा नागरिक उन्मुक्ती पार्टीका उमेदवार बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले छुट्टाछुट्टै बिज्ञप्ती जारी गर्दै डा शेखर कोइरालालाई सघाउने निर्णय गरेका हुन ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका उमेदवार तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेन जी समुहका उमेदवार राम खत्रीले शेखर कोइरालालाई सघाउने प्रतिबद्धता गर्दै निर्वाचन आयोगबाटै यसअघि आफ्नो उमेदवारी फिर्ता लिइ सकेका छन् । उनीहरुले मुलुकको वर्तमान अवस्थामा लोकतनत्र र देशका लागि कोइरालाको जित आवश्यक रहेको जनाउँदै उम्मेदवारी फिर्ता लिएको उल्लेख गरेका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?