काठमाडौँ- रङको पर्व होली आज पहाडी जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइएको छ। हिन्दु धर्मावलम्बीहरूले आपसी सद्भाव, मेलमिलाप र खुशीयाली साटासाट गर्दै रंग र अबिर खेली पर्व मनाएका हुन्।
नेपालमा होली दुई दिन मनाउने परम्परा अनुसार आज पहाडी क्षेत्रमा तथा भोलि तराईका जिल्लाहरूमा मनाइनेछ।
राजधानी काठमाडौँमा पनि विभिन्न स्थानमा उत्साहपूर्ण रूपमा होली मनाइएको छ। विशेषगरी बसन्तपुर दरबार क्षेत्रमा युवायुवती, बालबालिका तथा वृद्धवृद्धा समेतको बाक्लो उपस्थिति देखिएको थियो। कार्यक्रममा नेपाली नागरिकका साथै विदेशी पर्यटकहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
बसन्तपुर क्षेत्रमा सहभागीहरूले एकअर्कालाई रंग र अबिर लगाउँदै नाचगान तथा सांगीतिक प्रस्तुतिसहित पर्वको रमाइलो लिएका थिए। होलीका अवसरमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको थियो।
तस्बिरहरू:
