जनकपुरधाम फर्किन थाले परिक्रमा यात्री, भोलि अन्तगृह परिक्रमा गर्ने (तस्बिरसहित)

जनकपुरधाम फर्किन थाले परिक्रमा यात्री, भोलि अन्तगृह परिक्रमा गर्ने (तस्बिरसहित)
+
-

जनकपुरधाम- मिथिला मध्यमा परिक्रमा यात्री जनकपुरधाम पुग्न लागेका छन् । मिथिलाञ्चलको महाकुम्भको रूपमा मानिने मिथिला मध्यमा परिक्रमा यात्री सोमबार जनकपुरधाम फर्केका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला र जनकपुरधामबाट किशोरीजीको डोलासहित जनकपुरधामको हनुमाननगरमा पुगेर विधिवत सुरु भएको परिक्रमा नेपाल-भारतका विभिन्न स्थानको परिक्रमा गर्दै फर्केको हो ।

बिसौलमा विश्राम गरेको परिक्रमाका सहभागी श्रद्धालुहरु कल्याणेश्वर महादेवको दर्शन गर्दै जनकपुरधाम पुग्न थालेका हुन्।

जनकपुरधाम आएपछि परिक्रमाका सहभागी श्रद्धालुहरुले मंगलबार अन्तगृह परिक्रमा गर्नेछन्।

अन्तगृह परिक्रमासँगै मिथिलाञ्चलको सबैभन्दा ठूलो धार्मिक पदयात्रा सम्पन्न हुनेछ। मिथिला मध्यमा परिक्रमामा नेपालको १०७ किलोमिटर र भारतको २६ गरी कुल १३३ किलोमिटर दूरी तय गरिएको छ।

अन्तगृह परिक्रमा गरेपछि त्यसको भोली पल्ट मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा छ।
तस्बिरहरू:

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?