स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह र व्यवस्थापनमा सुधार

स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह र व्यवस्थापनमा सुधार
+
-
देशसञ्चार AI सारांश
  • सिमकोट गाउँपालिकामा १२ स्वास्थ्य संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रममा सेवा प्रवाह र व्यवस्थापनमा सुधार देखिएको छ।
  • सबै स्वास्थ्य संस्थाले छ महिनामा गरेका प्रगति विवरणहरू पावर प्वाइन्टमा प्रस्तुत गर्दै उल्लेख्य सुधार गरेका छन्।
  • विगतमा जनशक्ति आफ्नो प्रगति विवरण प्रस्तुत गर्न अकमकाउँथ्यो तर अहिले उनीहरू आत्मविश्वासी भएका छन्।

हुम्ला – स्वास्थ्य संस्थाहरूले आफ्नो सेवा प्रवाह र ब्यवस्थापनमा सुधार ल्याएका छन्। सिमकोट गाउँपालिका सतरीय स्वास्थ्य संस्थाहरूको अर्धबार्षिक समीक्षा कार्यक्रममा ती स्वास्थ्य संस्थाले प्रस्तुत गरेको प्रगति बिबरणबाट सो कुरा देखिएको हो।

दुई दिनसम्म सञ्चालन भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा सिमकोट गाउँपालिकाभित्रका १२ स्वास्थ्य संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रम भएको थियाे।

सो कार्यक्रममा विगतमा भन्दा हरेक क्षेत्रमा सुधार गर्न ती संस्था संस्थाहरू सफल भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले बताए।

एउटा स्वास्थ्य संस्था छ महिनामा गरेका सबै सेवा प्रबाह र अन्य कार्यको समेत प्रस्तुती गरिएको थियो।

सबै स्वास्थ्य संस्थाले आफ्नो प्रगति पावर प्वाइन्टमा प्रस्तुत समेत गरेका थिए। यसमा छ महिनाको अवधिमा सेवा प्रवाहदेखि अन्य ब्यवस्थापन र प्रगति बिबरण पठाउने कार्यमा उल्लेख्य सुधार गर्न स्वास्थ्य संस्था सफल भएको उनले बताए।

कुनै समय ती स्वास्थ्य संस्थाका जनशक्ति आफ्नो प्रगति विवरण प्रस्तुत गर्न समेत अकमकाउने गरेकोमा हाल त्यो अवस्था समेत हटेर निधक्कका साथ आफ्नो प्रगति प्रस्तुत गर्न सफल भएको उनले बताए।

समिक्षाको दुवै दिन स्वास्थ्य संस्थाले आआफ्नो संस्थाले छ महिनामा गरेका कामको प्रगति पेश गरेका थिए भने त्यसमा केही सुझावसमेत लिनु परेको थियो। सिमकोट गाउँपालिकामा चार वटा स्वास्थ्य चौकी, पाँच वटा सामुदायिक स्वास्थ्य सेवा इकाई र तीन वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र रहेका छन्। यसमा जिल्ला अस्पताल समेत रहेको छ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?