खतेड-गमगढी जाेड्ने, मसाने–रारा– सडक निर्माण सुरु

खतेड-गमगढी जाेड्ने, मसाने–रारा– सडक निर्माण सुरु
+
-
देशसञ्चार AI सारांश
  • खत्याड गाउँपालिकालाई सदरमुकाम गमगढी जोड्ने मसाने–रारा–गमगढी सडक निर्माण कार्यको लागि ट्र्याक खोल्ने काम शुरू भएको छ।
  • सडक निर्माणका लागि प्रारम्भिक चरणमा सरकारले २० लाख बजेट छुट्याएको, तर कुल १ करोडभन्दा बढी लाग्ने अनुमान छ।
  • नयाँ सडकले स्थानीय किसानहरूको उत्पादन बजारसम्म पु¥याउन सहयोग गर्ने, रारा ताल यात्रा छोट्याउने, र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा राखिएको छ।

मुगु – जिल्ला सदरमुकाम गमगढीसँग सडक सञ्जालबाट टाढा रहेको खत्याड गाउँपालिकालाई जोड्ने मसाने–रारा–गमगढी सडक निर्माण कार्य बुधबारदेखि सुरु भएको छ।

सामाजिक अभियन्ता तथा युवा नेतृत्वकर्ता अनिल बानियाँको पहलमा खत्याड गाउँपालिका वडा नं. १ अन्तर्गत पर्ने उक्त सडक खण्डमा ट्र्याक खोल्ने काम प्रारम्भ गरिएको हो।

समाजसेवी बानियाका अनुसार प्रारम्भिक चरणका लागि सरकारले २० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको छ। अर्थ मन्त्रालयबाट रकम रकमान्तर भई रारा राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएपछि निर्माण प्रक्रिया अघि बढेको हो।

२५ किलोमिटर लामो मसाने–रारा–गमगढी सडकको ट्र्याक खोल्न कम्तीमा १ करोड रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने अनुमान गरिएको छ।

“कामलाई निरन्तरता दिन जनसहयोग जुटाएर अघि बढ्ने योजना बनाएका छौं,” बानियाले भने, “सार्वजनिक सूचना जारी गरी जनताको लगानीमा सडक निर्माण गरिनेछ।”

मुगु जिल्लाका चार स्थानीय तहमध्ये तीन वटा सडक सञ्जालमार्फत सदरमुकामसँग जोडिए पनि खत्याड गाउँपालिका अझै सडक पहुँचबाट बाहिर छ। यस कारण यहाँका स्थानीयलाई बैंकिङ, प्रशासनिक, मालपोत, नापी, अदालत, सुरक्षा निकाय, प्रदेश तथा संघीय सरकारका योजना सम्झौता र भुक्तानीलगायत सेवाका लागि दुई दिन पैदल यात्रा गर्नुपर्ने बाध्यता छ।

विगतमा जिल्लाबाट निर्वाचित संघीय तथा प्रदेश सांसददेखि विभिन्न प्रशासनिक तथा राजनीतिक बैठकमा पटक–पटक माग उठाइए पनि सुनुवाइ हुन सकेको थिएन।

सडक निर्माण सम्पन्न भएमा गरिब, विपन्न, बालबालिका, ज्येष्ठ नागरिक, किसान तथा बिरामीहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।

खत्याड गाउँपालिकालाई ‘हिमाली जिल्लाको तराई’ उपमा दिइन्छ। यहाँ आँप, केरा, तरबुजा, अनारजस्ता फलफूल तथा तरकारी प्रशस्त उत्पादन हुन्छ। तर बजारसम्म पहुँच नहुँदा किसानहरू उत्पादन बिक्री गर्न नसकी पशुलाई खुवाउने वा फाल्न बाध्य छन्। सडक बनेपछि स्थानीय उत्पादन सहजै गमगढी पु¥याएर बिक्री गर्न सकिने र किसानको आम्दानी वृद्धि हुने विश्वास लिइएको छ।

साथै, कर्णाली करिडोर हुँदै रारा ताल पुग्ने पर्यटकका लागि यो सडक छोटो तथा सहज मार्ग बन्नेछ। खत्याड–रारा–छायानाथ जोड्ने धार्मिक मार्गको रूपमा विकास हुने सम्भावना रहेकाले धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धन हुने आश गरिएको छ। यसले सुदूरपश्चिम र कर्णाली प्रदेशका धार्मिक तथा प्राकृतिक स्थलहरूलाई समेत सिधा रूपमा जोड्नेछ।

यसअघि खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाही र तत्कालीन वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले कानुनी समस्या समाधान तथा बजेट विनियोजनका लागि पहल गरे पनि राजनीतिक परिवर्तनका कारण प्रक्रिया अवरुद्ध भएको थियो।

हाल समाजसेवी तथा जेन्जी अभियानका अगुवा अनिल बानियाको पहललाई वर्तमान सरकारले समर्थन गरेपछि आवश्यक प्रक्रिया पूरा गरी सडक निर्माण अघि बढाइएको हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?