उज्यालो नेपाल पार्टीको विराटनगरमा पार्टी कार्यालय खोलेको तीन साता नवित्तै उम्मेदवार बुढाथोकी एमालेमा

उज्यालो नेपाल पार्टीको विराटनगरमा पार्टी कार्यालय खोलेको तीन साता नवित्तै उम्मेदवार बुढाथोकी एमालेमा
+
-

माेरङ – उज्यालो नेपाल पार्टी मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार बसन्त बुढाथोकी अन्ततः आफ्नै पुरानो घर फर्किएका छन्।

एमाले समर्थित बुढाथोकी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिन कुलमान घिसिंगको उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका थिए।

माघ २९ गते पार्टी अध्यक्ष घिसिंग विराटनगर आएर पार्टी कार्यालय उद्घाटन गरेको तीनसाता नवित्तै बुढाथोकी एमालेमा समाहित भएका हुन्।

आइतबार आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै अर्का उम्मेदवार विनोद ढकाललाई सघाउने भएका हुन्।

बुढीगंगास्थित गोकुवामा आयोजित कार्यक्रममार्फत औपचारिक रूपमा उम्मेदवारी निष्क्रिय पारिएको घोषणा गर्दै बुढाथोकी एमाले प्रवेश गरेका हुन्। कार्यक्रममा एमाले उम्मेदवार ढकालसहित, नेता लालबाबु पण्डित र पर्शुराम बस्नेतलगायतको उपस्थिती थियो।

उज्यालो नेपाल पार्टीको साथ अन्तिम समयमा त्यागेका बुढाथोकीले सो क्षेत्रको विकासका लागि एमालेको विकल्प नदेखिएको बताएका थिए। २५ वर्षीय बुढाथोकी जेनजी उम्मेदवारका रूपमा रहेका थिए। यस मोरंग क्षेत्र नम्बर ६ मा १ लाख ३७ हजार ८ सय ३२ मतदाता छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?