- आयोजक श्रीलंकाले पाकिस्तानलाई पराजित गर्दै न्युजिल्यान्डलाई टी-२० विश्वकपको सेमिफाइनलमा पुर्याइदियो।
- वेस्टइन्डिज र भारतबीचको खेलको विजेता सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्नेछ।
- पाकिस्तानले फाइनल पुग्नका लागि श्रीलंकालाई १४७ रन भित्रै आउट गर्नु पर्ने थियो।
टी-२० विश्वकपमा आयोजक श्रीलंकाले न्युजिल्यान्डलाई सेमिफाइनल पुर्याइदिएको छ।
पाकिस्तानसँग पराजित भए पनि श्रीलंकाले न्युजिल्यान्डलाइ आवश्यक रन बनाएपछि पाकिस्तान प्रतियोगिताबाट बाहिरियो। प्रतियोगिता अन्तर्गत आज भारतको भाग्यको फैसला हुँदैछ।
साँझ ७:१५ मा सुरु हुने खेलमा वेस्टइन्डिज र भारत बिचको खेलको विजेता टोली सेमिफाइनल पुग्ने अन्तिम टोली बन्ने छ। यसअघिनै प्रतियोगितामा दक्षिण अफ्रिका, इंगल्यान्ड र न्युजिल्यान्डले अन्तिम ४ मा स्थान बनाएका छन्।
पाकिस्तानले फाइनल पुग्नका लागि फराकिलो जित आवश्यक थियो। यस्तोमा उत्कृष्ट ब्याटिङ गर्दै २ सय १२ रन बनाएको थियो। जवाफमा श्रीलंकाले २ सय ७ रन बनायो। ५ रनको साँघुरो हार भोगेको श्रीलंका भने यो खेल अघिनै प्रतियोगिताबाट बाहिरिएको थियो।
पाकिस्तानलाइ सेमिफाइनल पुग्न श्रीलंकालाई १ सय ४७ रन भित्रै प्याक गर्नु पर्ने जरुरी थियो तर श्रीलंकन ब्याटरले जित नजिक पुगेर हार भोग्न बाध्य भए। त्यसअघि पाकिस्तानका ओपनर सहिव जादा फहरानले १०० रनको शतकीय इनिङ खेले। उनको यो जारी विश्वकपमा दोस्रो शतक समेत हो।
उनलाई फखर जमानले ८४ रन बनाएर गतिलो साथ दिएका थिए। यि दुइबिच पहिलो विकेटका लागि १ सय ७६ रनको साझेदारी भएको थियो। तर त्यसपछि भने डेथ ओभरमा लगातार विकेट गुमाउँदा कीर्तिमानी रनस्कोरबाट चुक्यो।
जवाफमा श्रीलंकाले २ सय ७ रन बनायो। उसका लागि पभन रथनायकीले ५८ रन बनाउँदा चिरीथ आसलंकाले २५ रन बनाउँदा कमिल मिश्राले २६ रन बनाएका थिए।