रन्जित तामाङको ओलीलाई प्रस्तावः ‘चुनाव जित्नुहुन्न, वाम आन्दोलनका लागि हामीलाई सहयोग गर्नुस्’

रन्जित तामाङको ओलीलाई प्रस्तावः ‘चुनाव जित्नुहुन्न, वाम आन्दोलनका लागि हामीलाई सहयोग गर्नुस्’
+
-
देशसञ्चार AI सारांश
  • झापा क्षेत्र नं. ५ का उम्मेदवार रन्जित तामाङले केपी शर्मा ओलीलाई वाम आन्दोलनको रक्षाको लागि सहयोगको प्रस्ताव गरे।
  • तामाङले विपक्षीहरूको तथ्यहीन दुष्प्रचारको घोर आपत्ति जनाउँदै आफू पक्षमा विजयको माहौल भइरहेको दाबी गरे।
  • निर्वाचन प्रभावित पार्न बजेट र प्रलोभन बाँड्ने कार्य रोक्न माग गर्दै पत्रकारमाथिको हमलाको भर्त्सना गरे।

झापा — झापा क्षेत्र नं. ५ का लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूलाई सहयोग गर्न प्रस्ताव गरेका छन्।

शनिवार आयोजित पत्रकार सम्मेलनमा तामाङले ओलीको अवस्था यस पटक संकटपूर्ण रहेको दाबी गर्दै वाम आन्दोलनको रक्षाका लागि आफूलाई समर्थन गर्न आग्रह गरेका हुन्।

उनले ओलीलाई सम्बोधन गर्दै भने, ‘जोसुकैले सहयोग गरे पनि यस पटक तपाईंले चुनाव जित्नुहुन्न, त्यसैले वाम आन्दोलन जोगाउन हामीलाई साथ दिनुस्।’

तामाङले आफ्नो पक्षमा उत्साह र विजयको माहौल बढ्दै गएको दाबी गर्दै विपक्षीहरूले फैलाएको भ्रामक प्रचारको खण्डन गरे। उनले ‘पराजित मानसिकता’ बोकेका शक्तिले गठबन्धनको नाममा तथ्यहीन दुष्प्रचार गरेको भन्दै त्यसप्रति घोर आपत्ति प्रकट गरे।

सो अवसरमा उनले नेकपाले देशभरका ६८ स्थानमा निर्वाचन जित्ने सम्भावना रहेको बताए पनि उक्त सूचीमा झापाको कुनै पनि क्षेत्र समावेश नगरिएको स्पष्ट पारे।

पत्रकार सम्मेलनकै क्रममा तामाङले आचारसंहिता उल्लंघनका घटनाबारे पनि प्रश्न उठाएका छन्। उनले केपी ओली र बालेन समूहले सत्ता र शक्तिको आडमा बजेट तथा प्रलोभन बाँडेर निर्वाचन प्रभावित पार्न खोजेको आरोप लगाउँदै त्यस्ता कार्य तत्काल रोक्न माग गरे।

साथै, कमल गाउँपालिकामा रिपोर्टिङका क्रममा पत्रकार अर्जुन आचार्यमाथि भएको सांघातिक हमलाको भर्त्सना गर्दै दोषीलाई कडा कारबाही गर्न उनले सरकारसँग माग गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?