- एनसेलले सिर्जना चोकमा रहेको आफ्नो सेवा केन्द्र मर्मतपछि पुनः सञ्चालनमा ल्याएको छ, जसलाई औपचारिक रूपमा उद्घाटन गरियो।
- यस सेन्टरमा ग्राहकहरूले सिम खरिददेखि अन्तर्राष्ट्रिय रोमिङ सेवा र बिल भुक्तानीसम्मका सेवा प्राप्त गर्न सक्नेछन्।
- एनसेलले देशभर ३१ वटा सेवा केन्द्र सञ्चालन गर्दैछ, जसले स्थानीय स्तरमा गुणस्तरीय सेवा पुर्याउनेछ।
पोखरा- एनसेलले पोखराको सिर्जना चोकमा रहेको आफ्नो एनसेल सेन्टरलाई मर्मतसम्भार गरी पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ ।
जेनजी आन्दोलनका क्रममा भएको तोडफोडका कारण क्षति पुगेपछि यो सेवा केन्द्र केही समयका लागि बन्द रहेको थियो ।
बिहीबार आयोजित एक औपचारिक कार्यक्रमका बीच एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यम प्रसाद गौतमले संयुक्त रूपमा उक्त सेन्टरको उद्घाटन गरेका हुन् ।

सेन्टर बन्द रहेको अवधिमा एनसेलले सोही भवनको पहिलो तल्लामा रहेको कार्यालयबाट अस्थायी रूपमा ग्राहक सेवाहरू प्रदान गर्दै आएको थियो ।
पुनःसञ्चालनमा आएको यस सेन्टरबाट ग्राहकहरूले एकै स्थानबाट विश्वस्तरीय सेवाको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।
सेन्टरको उद्घाटन गर्दै ग्राहक सेवा प्रबन्धक दाहालले अस्थायी बन्दका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै, उच्चस्तरीय सेवा अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।

यस केन्द्रबाट ग्राहकले सिम खरिद, ४जी तथा ई-सिम अपग्रेड, इन्टरनेट सेटिङ, अन्तर्राष्ट्रिय रोमिङ सुचारु, बिल भुक्तानी र ब्यालेन्स ट्रान्सफर जस्ता सम्पूर्ण ग्राहक सेवाहरू प्राप्त गर्न सक्नेछन् ।
हाल एनसेलले ग्राहकहरूको सुविधाका लागि देशभर ३१ वटा एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ । पोखरा सेन्टरको पुनःसञ्चालनले स्थानीय स्तरमा गुणस्तरीय र भरपर्दो सेवा पुर्याउने कम्पनीको उद्देश्यलाई थप बल पुर्याएको छ ।
यहाँबाट साधारण सोधपुछका साथै विभिन्न कर्पोरेट सेवाहरू र सीयुजी नम्बरहरूमा आवश्यक फेरबदल गर्ने सुविधाहरू समेत उपलब्ध हुने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।