धनुषा हत्या प्रकरण: प्रेमिका र उनका दुई दाजु पक्राउ, प्रेम सम्बन्ध नै हत्याको कारण

धनुषा हत्या प्रकरण: प्रेमिका र उनका दुई दाजु पक्राउ, प्रेम सम्बन्ध नै हत्याको कारण
+
-
देशसञ्चार AI सारांश
  • धनुषाको औरही गाउँपालिकामा १८ वर्षीय युवकको हत्याको आरोपमा मृतककी प्रेमिका र उनका दुई दाजु पक्राउ परेका छन्।
  • प्रेम सम्बन्धका कारण उत्पन्न विवादपछि काजलका दाजुहरूले युवकलाई एकान्तमा लगेर घाँटी रेटी हत्या गरेका थिए।
  • प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी, डोरी र मोटरसाइकल बरामद गर्दै कानूनी अनुसन्धान अगाडि बढाएको छ।

धनुषा- धनुषाको औरही गाउँपालिकामा एक १८ वर्षीय युवकको बीभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका दुई दाजुलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन आयोजना गरी हत्याको कारण प्रेम सम्बन्ध र त्यसबाट उत्पन्न विवाद रहेको खुलासा गरेको हो।

गत फागुन १४ गते औरही गाउँपालिका–६, चक्करस्थित मसुरी खेतमा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको थियो।

मृतकको पहिचान धनुषाकै हंसपुर नगरपालिका–९, बुदौलका १८ वर्षीय सुमितकुमार मण्डलको रूपमा भएको छ। उनी स्थानीय सगरमाथा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी थिए।

प्रहरीको अनुसन्धानअनुसार मृतक सुमित र हंसपुर नगरपालिका–६ बस्ने १७ वर्षीया काजल कुमारी मण्डलबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध थियो।

फागुन १३ गते साँझ काजलले सुमितलाई आफ्नो घरमा बोलाएकी थिइन्। सोही समयमा काजलका परिवारका सदस्यहरूले उनीहरूलाई फेला पारेपछि विवाद सुरु भएको थियो।

विवाद बढ्दै गएपछि काजलका दाजु दीपेशकुमार र काकाका छोरा परमेश्वर मण्डलले सुमितलाई नियन्त्रणमा लिएर हात बाँधी मोटरसाइकलमा राखेर एकान्त ठाउँमा पुर्‍याएका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरका अनुसार, अभियुक्तहरूले सुमितलाई घरबाट करिब डेढ किलोमिटर टाढा लगेर खुकुरी प्रहार गरी घाँटी रेटेर हत्या गरेका थिए।

हत्यापछि प्रमाण लुकाउन सुमितको मोटरसाइकल विदेह नगरपालिकामा लुकाइएको थियो। प्रहरीले हत्यामा प्रयोग गरिएको खुकुरी, डोरी र मोटरसाइकल समेत बरामद गरिसकेको छ।

पक्राउ पर्नेहरूमा काजल कुमारी मण्डल, २० वर्षीय दीपेशकुमार मण्डल र २९ वर्षीय परमेश्वर मण्डल रहेका छन्। उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ।

एसपी कुँवरले धनुषामा भएका अन्य हत्याका घटनाहरूको पनि सूक्ष्म अनुसन्धान भइरहेको र अपराधीहरूलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?