देश बचाउन र बनाउन श्रम संस्कृति संसदमा पुग्न आवश्यक ः हर्क साम्पाङ

देश बचाउन र बनाउन श्रम संस्कृति संसदमा पुग्न आवश्यक ः हर्क साम्पाङ
+
-
देशसञ्चार AI सारांश
  • अध्यक्ष हर्क साम्पाङले देश बचाउन र बनाउन श्रम संस्कृति पार्टीलाई जिताउन आवश्यक रहेको बताएका छन्।
  • गफभन्दा काममा विश्वास गरी देश बनाउन सबैले योगदान दिनुपर्नेमा जोड दिए।
  • दलाल र ठगीबाट देश नबन्दै विदेशी ऋणमुक्त मुलुक बनाउन काम गर्नेलाई प्रतिनिधि सभामा पठाउनुपर्ने उल्लेख गरे।

माेरङ – देश बचाउन र बनाउनका लागि आफ्नो पार्टीलाई जिताउन आवश्यक रहेको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बताएका छन्।

शुक्रबार विराटनगरस्थित महेन्द्र चौकमा आयोजित चुनावी प्रचारप्रसारका क्रममा अध्यक्ष साम्पाङले देश बनाउन गफ नभएर काम गर्नुपर्नेमा जोड दिएका छन्।

सभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले देश बनाउन सबैले काम गर्नुपर्ने उल्लेख गरेका थिए। साम्पाङले भने, ‘सबैमा भन्न चाहान्छौ। गफ गरेर आएका होइनौ हामी। काम गरेर आएका हौ। गफ भन्दापनि काममा विश्वास गरि अघि बढ्न आवश्यक छ। ’

भ्रममा होइन श्रममा विश्वास गर्न आग्रह गर्दै अध्यक्ष साम्पाङले श्रम र श्रमिकलाई हेर्ने दृष्टिकोणमा सम्मान हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘हामीले काम नगर्ने, गफ गर्नेलाई नै ठूलो सम्झिएका छौ। काम गर्नेलाई चाही हेपाहा प्रवृत्ति गरिरहेकाछौ। पेलिरहेका छौ। जसका कारण देश गरिब भएको हो।’

सभामा उनले कुरा मिलाएर, ठगि गरेर दलाली गरेर देश नबन्ने बताएका थिए। अध्यक्ष साम्पाङले नङ्ग्रा खियाएर मुलुकलाई विदेशी ऋण मुक्त बनाउनुपर्नेमा जोड दिदैं अध्यक्ष साम्पाङले निर्वाचनमा काम गर्नेहरुलाई प्रतिनिधि सभामा पठाउन आवश्यक रहेको उल्लेख गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?