गुम्वाका भिक्षुको उपचार

गुम्वाका भिक्षुको उपचार
+
-

हुम्ला– चार हजार दुई सय मिटर उचाईमा अवस्थित नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले गुम्वामा बसेका भिक्षुहरुको सम्वन्धित स्थलमा पुगेर स्वास्थ्य उपचार गरेका छन्। लामा बसाल्ने, आम्ची र जडिबुटीबाट उपचार गर्दै आउनु भएका गुम्वामा ज्ञान लिदै आएका भिक्षुहरुको स्वास्थ्यकर्मी सो स्थान मै पुगेपछि सहज रुपमा उपचार गरेका हुन्।

प्राकृतिक बन्दाबन्दीमा रहेको लिमीको छेवखोर्चे गुम्वामा लामा, पुजाआजा र ज्ञान सिक्दै आएका भिक्षुहरुको स्वास्थ्य जाँचका साथै उपचार गर्ने कार्य भएको लिमी स्वास्थ्य चौकीका संयोजक लोकेस बोहराले बताए।

स्वास्थकर्मीहरुले बदलिँदो मौसमको कारण रुघाखोकी, झाडापखला, ज्वरो, दम, श्वासप्रश्वास, घुडा दुख्ने लगाएतका बिरामीको उपचार गरेका हुन्। स्वास्थ्यकर्मीहरु स्वास्थ्य चौकी रहेको हल्जी गाउँवाट साँढे दुई घण्टा पैदल हिडेर सो गुम्वामा पुगेर लामा सहित १६ जना भिक्षुहरुको उपचार गरिएको उनले बताउनुभयो। त्यसका लागि दुई जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीको टोली औषधिसहित गुम्बामा पुगेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?