चुनाव रोकिन्छ भन्ने अफवाहको पछि नलागौँः गृहमन्त्री अर्याल

चुनाव रोकिन्छ भन्ने अफवाहको पछि नलागौँः गृहमन्त्री अर्याल
+
-

मोरङ – फागुन २१ गतेको निर्वाचन रोकिन्छ भन्ने अफवाहको पछि लागेर समय खेर फाल्न नहुने गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन्।

शुक्रबार विराटनगरमा निर्वाचन सुरक्षासम्बन्धी छलफलपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री अर्यालले भने, ‘यो निर्वाचनको तयारी यहाँसम्म पुगेको छ। यो रोकिन्छ, हुँदैन, यस्तो अफवाहमा पनि यसलाई पत्याएर यसलाई टेकेर प्रश्न जन्मिनु उचित लाग्दैन। निर्वाचन निर्धारित मितिमै हुनेमा ढुक्क हुनुहोस्।’

आचारसंहितालाई पूर्णरुपमा कार्यान्वयन गराउनेतर्फ उन्मुख रहेको बताउँदै गृहमन्त्री अर्यालले अहिलेको निष्पक्ष र गैरदलीय सरकारले कसैको पक्षधरता नलिने बताए।

उनले भने, ‘यो नागरिक सरकार कानुन कार्यान्वयन गर्न पछाडि हट्दैन। कानुन कार्वान्यन गर्न यो सरकार दृढ रहेको छ। हामीले विधिको शासनलाई आधार मानेर काम गरिरहेका छौँ। यो निर्वाचनमा दण्डहिनता भने रहँदैन। आचारसंहिता पालना नगरे कारबाही हुन्छ।’

गृहमन्त्री अर्यालले निर्वाचनको सुरक्षा एकीकृत सुरक्षा योजनाअनुसार भइरहेको जानकारी दिए। नेपाली सेनाले सुरक्षा योजनाअनुसार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मतपेटिका, मतपत्र पुर्‍याएको बताए।

सोही क्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता पालना नगरेको सन्दर्भमा १ सय ६५ निर्वाचन क्षेत्रमा बिहीबारसम्म एक हजारभन्दा बढी कारबाही भएको जानकारी दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?