अ
+
अ
अ
-
बागलुङ- बागलुङमा बस दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाण्डेले दुर्घटनामा कुनै मानवीय क्षति नभएको जानकारी दिए।
शुक्रबार बिहान ७ः५० बजे काठमाडौँबाट रुकुमतर्फ जाँदै गरेको बा ०१०० ख ४६७९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ क २६६१ नम्बरको टिप्पर बागलुङको गलकोट नगरपालिका–११ मनेपाटामा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा बसमा क्षति पुगेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।