माओवाद किन छाड्नुपर्‍याे भन्दै बुद्धिजीवीले प्रश्न गर्दा मोदी भए अवाक

माओवाद किन छाड्नुपर्‍याे भन्दै बुद्धिजीवीले प्रश्न गर्दा मोदी भए अवाक
+
-
देशसञ्चार AI सारांश
  • माेरङ क्षेत्र नम्बर ४ का उम्मेदवार अमनलाल मोदी बुद्धिजीवीसँगको छलफलका क्रममा प्रश्नबाट अवाक भएका छन्।
  • बुद्धिजीवी प्राडा। खगेन्द्र आचार्यले १० वर्षे द्वन्द्वका मृतकहरुको जिम्मा कसले लिने भन्दै गम्भीर प्रश्न गरे।
  • मोदीले राष्ट्रिय राजनीतिका विविध उदाहरण दिन्दै प्रश्नबाट जोगिए र आगामी चुनावमा ह्याट्रिकको अवसरमा छन्।

माेरङ – नेपाली कम्युनिष्ट पार्टीका मोरंग क्षेत्र नम्बर ४ का उम्मेदवार अमनलाल मोदी बुद्धिजीवीसँगको संवादका क्रममा अवाक भएका छन्।

विराटनगर १० तिनटोलियामा बिहीबार बुद्धिजीवीसंगको छलफलका क्रममा मोदी बुद्धिजीवीको प्रश्नबाट अवाक भएका थिए। अपरान्ह ३ बजेबाट करिब एकघण्टासम्म समय दिएका मोदीले छलफल सुरुहुन अघि विघटित प्रतिनिधि सभामा आफूले राखेका विषय र मुद्धा पेश गरेका थिए।

तत्कालिन प्रतिनिधि सभाको कान्छो सांसदको रुपमा क्षेत्र नम्बर ४ अन्तर्गत विराटनगरको ढल ब्यवस्थापनदेखि शिक्षाको विषयमा उनले भिडियो क्लिपहरु प्रस्तुत गरेका थिए। भिडियो क्लिप प्रस्तुत गरिसकेपछि उम्मेदवार मोदीले विराटनगरको विकासका लागि सदनमा कुरा उठान गरेको दाबी गरेका थिए।

सोही क्रममा बुद्धिजिवी प्राडा। खगेन्द्र आचार्यले प्रश्न राखेपछि उम्मेदवार जवाफहीन बनेका थिए। पूर्वाञ्चल विश्वविद्यालयका डीनको जिम्मेवारीवहन गरिसकेका आचार्यले १० वर्षे सशस्त्रद्धन्द देखि विभिन्न संघर्षका क्रममा मृत्यु भएकाहरुको जिम्मा कस्ले लिने भन्दै प्रश्न गरेका थिए।

उनले भने, ‘हिजोको दिनमा नेकपा माओवादी केन्द्र विघटन भइसकेको छ। तपाईपनि त्यसमा पर्नु भएको छ। तपाई आफै संघर्ष गरेको मान्छे। भोलि के कारण त्यो पार्टी नै विघटन भन्नेकुराको जवाफ दिनुपर्ला नि रु यहाँ त गंभीर विषय छ। माओवाद नै छाड्नुपर्ने अवस्था किन आयो। यतिबेला हामीपनि रनभुल्लमा छौ।’

त्यसपछि मोदीले राष्ट्रिय राजनीतिका विविध पाटाहरुको उदाहरण दिदै प्रश्नबाट जोगिएका थिए। छलफलका क्रममा १४ जना बुद्धिजीविको सहभागिता रहेको थियो।

मोदीले यसअघि २०७४ सालमा नेकपा एमालेसंगको गठबन्धन र ०७९ सालमा नेपाली कांग्रेससंगको गठबन्धनबाट लगातार दुईपटक जित हात पारेका हुन्। यसपटकपनि जित हात पारि ह्याट्रिक गर्ने मौकामा छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?