अ
+
अ
अ
-
जनकपुरधाम – धनुषामा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।
हंसपुर नगरपालिका वडा नं. ९ रुदौली बस्ने अन्दाजी १८ वर्षीय सुमित मण्डलमाथि धारिलो हतियार प्रहार हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए।
उनका अनुसार युवकको घाँटीमा धारिलो हतियार प्रहार भएको छ। प्रवक्ता बलले यो घटना बुधबार रातिदेखि आज बिहानसम्मको हुन सक्ने बताए।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।