अ
+
अ
अ
-
नेपालगन्ज – कांग्रेस सभापति गगन थापाले नयाँको नाममा ५ वर्ष खेर नफाल्न आग्रह गरेका छन्। नेपालगन्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले २०६४ मा माओवादीलाई नयाँका नाममा जिताउदा ५ वर्ष खेर गएको बताए।
उनले रास्वपाको नाम नलिएर फेरि अहिले नयाँको नाममा जिताएर अर्को ५ वर्ष खेर नफाल्न आग्रह गरे।
सभापति थापाले अहिलेको चुनाव विशिष्ट अवस्थामा भएको उल्लेख गर्दै यो चुनावलाई विकास र सुशासनको ५ वर्ष बनाउनुपर्ने बताए।
उनले विकास, सुशासन, समुन्नतिको ५ वर्ष बनाउनु पर्ने बताउँदै उत्तेजना, घृणा र प्रतिशोधको राजनीतिबाट टाढा हुनुपर्नेमा जाेड दिए।
नेपाली कांग्रेस, बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा बाँके र बर्दियाका कांग्रेस उम्मेदवारहरुको उपस्थिति थियो । सभापति थापा सुर्खेतबाट हेलिकप्टरमा आएका थिए।