टी-२० विश्वकपअन्तर्गत आज दुई खेल, साउथ अफ्रिका र वेस्टइन्डिज भिड्दा भारतलाई जिम्बाब्वेको चुनौती

टी-२० विश्वकपअन्तर्गत आज दुई खेल, साउथ अफ्रिका र वेस्टइन्डिज भिड्दा भारतलाई जिम्बाब्वेको चुनौती
+
-
देशसञ्चार AI सारांश
  • वेस्टइन्डिज र दक्षिण अफ्रिका बिजयी हुनु सेमिफाइनल प्रवेशका लागि महत्त्वपूर्ण छ भने भारतलाई जित्नै पर्ने दबाब छ।
  • जिम्बाब्वे भारतलाई हराउन र सनसनिपूर्ण यात्रालाई निरन्तरता दिन मैदानमा उत्रिँदै छ।
  • वेस्टइन्डिज र दक्षिण अफ्रिका उच्च रनरेटमा रहँदा भारतलाई सेमिफाइनल यात्रा बलियो बनाउन फराकिलो जित आवश्यक छ।

टी-२० विश्वकपमा आज समूह- १ मा रहेका टीमबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा वेस्टइन्डिज र दक्षिण अफ्रिका दिउँसो ३:१५ मा अहमदाबादमा प्रतिस्पर्धा गर्दा साँझ चेन्नइमा जिम्बाब्वे र भारत भिड्दै छन्।

जारी प्रतियोगितामा वेस्टइन्डिज र दक्षिण अफ्रिकाबिचको खेलबाट एक टिमले विश्वकपको सेमिफाइनलमा स्थान बनाउँदा अर्को खेलमा भने भारतलाई जित्नै पर्ने दबाब रहेको छ। आफ्नो पहिलो खेलमा भारत दक्षिण अफ्रिकासँग ७६ रनको फराकिलो अन्तरले पराजित भएकाले प्रतियोगितामा कायम रहन पनि जित्नै पर्ने दबाब आयोजक भारतलाई रहेको छ।

त्यस्तै, जिम्बाब्वे पनि भारतलाई हराएर आफ्नो सनसनिपूर्ण यात्रालाई निरन्तरता दिने प्रयासमा मैदान उत्रिँदै छ। जिम्बाब्वेले समूहचरणमा अस्ट्रेलियालाई पराजित गरेर घर पठाएकाले भारत सशंकीत छ।

त्यसोत पहिलो खेलमा जिम्बाब्वे वेस्टइन्डिजसँग १ सय ७ रनको फराकिलो अन्तरले पराजित भएकाले भारत पनि फराकिलो जितको लक्ष्यमा छ। तर भारतलाई सहज भने हुनेछैन। दक्षिण अफ्रिकासँग उसको जितको श्रृंखलामा ब्रेक लागेकाले पुनरागमन गर्नुपर्ने चुनौती छ।

अर्कोतर्फ वेस्टइन्डिज र दक्षिण अफ्रिका दुवैको राम्रो रनरेट रहेकाले भारतलाइ सेमिफाइनल यात्रा बलियो बनाउनलाई फराकिलो जित आवश्यक छ।

तालिकाको शीर्ष स्थानमा रहेको वेस्टइन्डिजले ५.३५ को नेटरनरेटमा २ अंक जोड्दा दक्षिण अफ्रिकाले ३.८० को रनरेटमा २ अंकसहित दोस्रो स्थानमा छ।

भारत र जिम्बाब्वे माइनसमा रहेकाले पनि जित निकाल्दा फराकिलो जितको लक्ष्य हुनेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?