एन्फाविरुद्धको मुद्दा थ्रीस्टारले जित्यो, ए डिभिजनमै रहने

एन्फाविरुद्धको मुद्दा थ्रीस्टारले जित्यो, ए डिभिजनमै रहने
+
-
देशसञ्चार AI सारांश
  • एन्फाको अपिल कमिटीले थ्रीस्टार क्लबलाई ‘बी’ डिभिजनमा घटुवा गरेपछि क्लबले उक्त निर्णयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गर्‍यो।
  • अदालतको आदेशले अपिल समितिको निर्णय खारेज गर्दै थ्रीस्टार क्लबलाई ‘ए’ डिभिजनमा कायम राख्ने निर्णय गर्‍यो।
  • थ्रीस्टार क्लबका निवर्तमान अध्यक्ष अरुणमान जोशीले एन्फाले नियम बाहिर गएर गरेका निर्णय खारेज हुनु सकारात्मक भएको बताए।

काठमाडाैँ – एन्फाको निर्णयका कारण ‘बी’ डिभिजनमा घटुवा भएको ललितपुरे क्लब थ्रीस्टारले अन्तत अदालतबाट मुद्दा आफ्नो पक्षमा पार्न सफल भएको छ। एन्फाको अपिल कमिटीले ११ असार २०८२ मा थ्रीस्टार क्लबलाई ‘बी’ डिभिजनमा घटुवा गरेपछि थ्रीस्टार उच्च अदालत पाटन पुगेको थियो।

क्लबले १८ असारमा कमिटीको निर्णय अन्यायपूर्ण रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप), युवा तथा खेलकुद मन्त्रालय, एन्फा, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ , महासचिव किरण राई, सहमहासचिव दामोदर भट्टरार्इ बद्री, एन्फा अनुशासन समिति, पुनरावेदन समिति र एपीएफ क्लबलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको थियो।

बुधबार उक्त मुद्दाको सुनुवाइ गर्दै श्रीधराकुमारी पुडासैनी र कृष्ण मुरारी शिवाकोटीको इजालसले उत्प्रेषण जारी गरेको क्लबका निवर्तमान अध्यक्ष अरुणमान जोशीले जानकारी दिए। उनका अनुसार अपिल समितिको निर्णय खारेज भएको र यो सँगै क्लब ए डिभिजनमै कायम रहेको जानकारी उनले दिए। उनले भने ‘एन्फाले नियम बाहिर गएर गरेको निर्णय खारेज हुनु सु:खद हो। अदालतको आदेशप्रति हामी खुसी छौं।’

२०७९ मा सम्पन्न ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै रेलिगेसन टारेको थियो। तर उक्त खेलमा तत्कालीन कप्तान विक्रम लामाले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक मानिएको थियो। योसँगै गोलअन्तरले थ्रीस्टार अघि रहँदा विभागीय टोली एपीएफ रेलिगेसनमा परेको थियो।

तर एपीएफले भिसा सकिएका खेलाडी प्रतियोगिताको नियमावली, नेपालको कानुन र फिफाको नियमअनुसार खेलाउन नपाउने जिकिर गर्दै एन्फामा २०८० जेठ २८ गते उजुरी दिएको थियो। एपीएफले त्यस्ता अवैधानिक खेलाडी खेलाए सम्बन्धित टिम ३-० को नतिजामा पराजित हुने नियमअनुसार कारबाही गर्नुपर्ने माग राखेको थियो।

उक्त उजुरीमाथि एन्फाको अनुशासन समितिले निर्णय गर्दै थ्री स्टारले खेलाएका खेलाडी अवैधानिक भएको पुष्टि गर्दै एपिएफको पक्षमा निर्णय दिएको थियो। अवैधानिक अनुशासन समितिले थ्रीस्टार र सम्बन्धित खेलाडीलाई नगद जरिवाना गरेर छाडेको थियो।

अनुशासन समितिको उक्त निर्णयमा असहमति जनाउँदै थ्रीस्टार र एपीएफ दुवैले अपिल गरेका थिए। त्यो अपिलमाथि छानबिन गर्दै अपिल कमिटीले गत असार ५ गते अवैधानिक खेलाडी खेलाएबापत थ्रीस्टार उक्त खेलमा ३-० को नतिजामा पराजित हुने निर्णय दियो।

योसँगै ३ अंक गुमाएपछि थ्रीस्टार खुमलटारसँगै रेलिगेसनमा परेको थियो। एपीएफले भने ‘ए’ डिभिजन क्लबको हौसियत पुन: प्राप्त गरेको थियो। तर, दुई पक्षबीच भएको खेलमा खेलसँग सम्बन्धित नभएको एपीएफको उजुरीको आधारमा कारबाही गर्नु अन्यायपूर्ण व्यवहार भएको भन्दै थ्रीस्टार अदालत गएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?