रहेनन् लाेकगायक कमल बिके ‘निर्मोही’

रहेनन् लाेकगायक कमल बिके ‘निर्मोही’
+
-

लोकगायक तथा सञ्चारकर्मी कमल बिके ‘निर्मोही’को निधन भएको छ।

गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानकारी दिएकी हुन्।

वलीले उनको मृत्युले आफू मर्माहत भएको उल्लेख गरेकी छन्। आफूले कमलसँग गाएकामध्ये ‘त्यो माडी खोलाले छेकेको हैन, मलाई छेक्यो मायालु तिमै मायाले’ निकै लोकप्रिय बनेको समेत कोमलले स्मरण गरेकी छन्।

केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ निर्मोही दाङमा जन्मिएका निर्मोही पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए।

उनी रेडियो नेपालका पूर्व कर्मचारी समेत हुन्। रेडियो नेपालमा उनका दर्जनौं गीत रेकर्ड भएका छन्। जसमध्ये ‘लाग्यो माया मोहनी नजरमा’, ‘पोखरामा क्या राम्रो रूपाताल, डुंगा चढी सलल मायाजाल’ लगायतका थुप्रै गीत चर्चित छन्। केही लोकपप र आधुनिक गीतमा समेत उनले स्वर दिएका छन्।

निर्मोहीको परिवारमा एक छोरा र दुई छोरी छन्। करिब एक महिनाअघि उनकी पत्नीको समेत दुःखद निधन भएको थियो। निर्मोहीको बुधबार दिउँसो दाङको सिधनियाघाट राप्तीनदीमा अन्तिम संस्कार गरिने परिवारिक स्रोतले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?