डा. मीना आचार्यप्रति हार्दिक श्रद्धासुमन

डा. मीना आचार्यप्रति हार्दिक श्रद्धासुमन
+
-
देशसञ्चार AI सारांश
  • डा. मीना आचार्यको निधन २०८२ माघ २२ गते ८८ वर्षको उमेरमा भए पनि उहाँको योगदान कहिल्यै नबिर्सिनेछ।
  • उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा ठूलो योगदान पुर्याउनुभएको थियो, विशेष गरी महिलाको भूमिका उजागर गर्न।
  • विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थामा उहाँको लेखन कार्यले सामाजिक न्याय र लैंगिक समानता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ।

डा. मीना आचार्य दिदी २०८२ माघ २२ गते ८८ वर्षको उमेरमा यस संसारबाट विदा हुनुभयो। उहाँको जन्म १९९४ वैशाख ४ गते कालोपुलमा भएको थियो। उहाँको पिता टंकप्रसाद आचार्य तथा माता रेवन्तकुमारी आचार्य हुनुहुन्थ्यो भने उहाँका एक छोरी वीना आचार्य हुनुहुन्छ।

शिक्षा

उहाँले आफ्नो शिक्षा सिर्सिया धनुषाबाट शुरु गर्नुभएको थियो। उहाँको औपचारिक शिक्षाको थालनी गान्धीवादी आधार स्कुल, गौशाला, काठमाडौँबाट भएको थियो। उहाँले पद्मकन्या स्कुल, डिल्लीबजार, काठमाडौँबाट एसएलसी दिनुभएको थियो भने आइ.ए पद्मकन्या कलेज, वागबजार, काठमाडौँबाट गर्नुभएको थियो। उहाँले सन् १९६० मा युनिभर्सिटी अफ दिल्ली, भारत बाट बीए अनर्स गर्नुभयो भने सन् १९६६ मा मस्को स्टेट युनिभर्सिटी, सोभियत संघबाट इकोनोमिक साइबरनेटिक्समा विशिष्ट श्रेणीमा स्नातकोत्तर गर्नुभएको थियो। सन् १९८७ मा युनिभर्सिटी अफ विस्कन्सिन मेडिसिन, अमेरिकाबाट “आर्थिक विकास अध्ययन” मा विध्यावारिधि गर्नुभएको थियो।

पेशागत अनुभव

उहाँ वि.सं. २०२३ पुसदेखि अनुसन्धान अधिकृतका रुपमा प्रवेश गरी आर्थिक सल्लाहकार, प्रमुख आर्थिक सल्लाहकार हुँदै वि. सं. २०४७ सालमा विकास वित्त विभागको प्रमुखवाट सेवा निवृत्त हुनुभएको थियो। उहाँले पद्मकन्या कलेजमा महिला विषयक अध्ययनको पोष्ट ग्रेजुयट डिप्लोमा शुरु गर्न गृहविज्ञान विभागलाई प्रशिक्षण, सल्लाह कोर्स निर्माणमा पनि विशेष योगदान गर्नुभएको थियो।

लैगिंक स्थितिको अध्ययन तथा निति निर्माणमा योगदान

नेपालमा (सन् १९९५-२०१५) बेइजिङ सम्मेलनपछिको २० वर्षमा भएको महिलासम्बन्धी प्रगति सम्बन्धमा नेपाल सरकार, महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत रही अध्ययन गर्नुभएको थियो। त्यस्तै नेपाल सरकार, महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत रही नेपालमा मानव वेचविखन नियन्रणका लागि सन् २०१३ मा युएसआइडीको सहयोगमा सञ्चालित परियोजनाको मध्यावधि मूल्याकंन गर्नुभएको थियो। त्यस्तै अर्थ मन्त्रालय अन्तर्गत लैगिंक उत्तरदायी बजेट तर्जुमा दिग्दर्शन, २०६९ बनाउनुभएको थियो। नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत सन् २०११ मा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग एवं सरोकारवाला मन्त्रालयहरुको लैगिंक उत्तरदायी कार्यविधि, निर्देशिका मापदण्ड र कम्प्युटर सफ्टवेयरमा रहेका व्यवहारिक पक्षको अध्ययन गर्नुभएको थियो। सन् २०१० मा नेपाल सरकार, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत रही मानव वेचविखन विरुध्दको राष्ट्रिय कार्ययोजनाको तर्जुमा एवं पुनरावलोकन गर्नुभएको थियो। सन् २००९ मा नेपालमा लैंगिक उत्तरदायी बजेट र वैदेशिक सहायताको प्रभावकारिताबारे अध्ययन गर्नुभएको थियो। नेपाली जनसंख्याको तथ्यांकको जात/जाति तथा लैंगिक तथ्यांकगत संयुक्त विश्लेषण (२०४८-२०५८) पनि उहाँले गर्नुभएको थियो। उहाँले १९९७ मा “जेण्डर इक्वालिटी एण्ड इम्पावरमेन्ट अफ ओमेन “ लेखन गरी त्यसको अध्यावधिक अध्ययन २००७ मा गर्नुभएको थियो। उहाँले २००४ मा लैंगिक समानता शाखाको क्षमता अभिवृध्दिको सन्दर्भमा पनि काम गर्नुभएको थियो। त्यस्तै शिक्षा विभाग अन्तर्गत लैंगिक समानता शाखाको क्षमता अभिवृध्दिमा पनि काम गर्नुभएको थियो भने २००३ मा लैँगिक बजेट परीक्षण एवम् अध्ययन तथा लैँगिकमैत्री दशौं योजना निर्माणमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। त्यस्तै जनगणनाका तथ्यांकलाई लैगिंकमैत्री (सबै कामको तथ्यांकलाई आर्थिक, विस्तारिक आर्थिक काम र आर्थिक रुपमा नगनिने भनेर स्पष्टसँग छुट्ट्याएर नै प्रस्तुत) बनाउन (वि.सं. २०५८ र २०६८ र नेपालको निजामती सेवाको लैगिंक अध्ययनका सन् २००१ मा, २००० मा संयुक्त राष्ट्रसंघको नेपालमा कार्यक्रमको मूल्याकंन र १९९८ मा एशियाली बैँकको लैंगिक रणनीतिमा पनि काम गर्नुभएको थियो।

डा. मीना आचार्यका केही पुस्तकहरु

उहाँको पछिल्लो पुस्तक रहेको छ; मीना आचार्य (आलेख संग्रह), २०८२, टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठान मीना आचार्यको अर्को पुस्तक रहेको छ; “स्वतन्रता र समानताको निरन्तर यात्रा”, २०८१, साग्रिंला मिडिया ग्रुप प्रालि। त्यस्तै उहांको अन्य पुस्तक रहेका छन्ः  Centring Women in Nepal’s Economy and Society (Vol I and II), 2024, SSB Labour Market Development and Poverty: with Focus on Opportunities for Women in Nepal, नेपालमा महिला विकासका प्रयत्नहरु; टंकप्रसाद  आचार्य स्मृति प्रतिष्ठान/फ्रेडरिक-ईबर्ट-स्टिफटुगं, नेपालको महिला आन्दोलनका परिवर्तित सन्दर्भः एक विवेचना, Efforts at Promotion of Women in Nepal; Tanka Prasad Acharya Memorial Foundation: Friedrich- Ebert- Stiftung ( FES) उहाँका अन्य पुस्तकहरु रहेका छन्ः  Why Social Democracy for Nepal?, नेपालमा महिला विकासका प्रयत्नहरु संविधान र महिला सशक्तिकरण उहाँका यी र यस्ता अनेकौं पुस्तकहरु प्रकाशित रहेका छन्। (यहाँ लेखिएको सामग्री मीना आचार्यको पुस्तक “मीना आचार्य ( आलेख संग्रह) पुस्तकको विमोचनमा प्राप्त सामग्रीमा आधारित रहेको छ)।

उपसंहार

यो सानो लेखमा उहाँको लामो योगदानको बारेमा लेख्नु असम्भव प्राय छ, तर पनि एक महिला जसले एउटा अत्यन्त पुरातनवादी समाजलाई चिरेर अगाडि मात्र बढनु भएन, त्यो मान्यतालाई बाँचेर पनि देखाउनुभयो। उहाँ वास्तवमै एक भुइँमान्छे हुनुहुन्थ्यो। उहाँ एक विदुषी हुनुहुन्थ्यो, जसले महिलाको समाजमा रहेको योगदानलाई उजागर मात्र गर्नुभएन, त्यसलाइ राज्यको मूलधारको बहसमा ल्याउन पनि सफल हुनुभयो। यो युगको विदुषी डा. मीना आचार्यमा हार्दिक श्रध्दासुमन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?