टी-२० विश्वकप: सेमिफाइनल सम्भावना कायम राख्न श्रीलंका र न्युजिल्यान्ड भिड्दै

टी-२० विश्वकप: सेमिफाइनल सम्भावना कायम राख्न श्रीलंका र न्युजिल्यान्ड भिड्दै
+
-
देशसञ्चार AI सारांश
  • आयोजक श्रीलंका आज न्युजिल्यान्डसँगको खेलमा पराजित भए प्रतियोगिताबाट बाहिरिने दबाब रहेको छ।
  • सुरुआतमा बलियो प्रदर्शन गरेपनि इंग्ल्यान्डसँगको पराजयले श्रीलंकाको लय कायम राख्न चुनौती बढाएको छ।
  • श्रीलंकाका घरेलु स्पिन-अनुकूल पिचमा न्युजिल्यान्डको भिन्न रणनीति हेर्न लायक हुनेछ।

आइसीसी टी-२० विश्वकपअन्तर्गत बुधबार राति आयोजक श्रीलंका र न्युजिल्यान्ड भिड्दै छन्। जारी संस्करणमा राम्रो लयमा देखिए पनि श्रीलंका सुपर- ८ को पहिलो खेलमा इंग्ल्यान्डसँग ५१ रनले पराजित भयो। तर केही दबाबमा देखिए पनि श्रीलङ्का लय समाउने प्रयासमा छ। श्रीलंका आजको खेलमा पराजित भए प्रतियोगिताबाट बाहिरिने छ। त्यसैले उसका लागि यो खेल जित्ने पर्ने दबाब छ।

प्रतियोगिताको सुरुवातमा अस्ट्रेलियामाथि प्रभावशाली जित र ओमानलाई पराजित गर्दै बलियो सुरुवात गरेको श्रीलंका ‘सुपर-८’ को पहिलो खेलमै नाटकिय रुपमा ब्याटिङ पतनको सिकार हुँदा आफ्नो ‘वज’ कायम राख्न असफल भयो।

त्यसोत न्युजिल्यान्ड जारी संस्करण निकै उत्कृष्ट लयमा रहेको टोली हो। चेन्नई र अहमदाबादका सपाट तथा ब्याटर-मैत्री पिचमा सबै खेल खेलेका उनीहरू श्रीलङ्कामा भने फरक रणनीति अपनाउनु पर्ने चुनौतीमा छन्। यहाँको स्पिन-अनुकूल घरेलु परिस्थितिलाई श्रीलङ्काली बलरहरूले अधिकतम उपयोग गर्ने प्रयास गर्दा उनीहरुले कस्तो जवाफ दिन्छन् त्यो प्रतिक्षित छ।

पहिलो खेल वर्षाले रद्ध हुँदा पाकिस्तानसँग अंक गुमाएकाले न्युजिल्यान्ड श्रीलंकालाइ हराएर सेमिफाइनल बलियो बनाउने प्रयासमा हुने छ।

यि दुइ टोलीबिच न्युजिल्यान्डको बलियो इतिहास छ। उसले १६ खेलमा जित निकाल्दा ९ खेल हार भोगेको छ। श्रीलङ्काकै भूमिमा समेत न्युजिल्यान्ड ५-३ ले सिरिज जितेर उत्कृष्ट प्रदर्शन गरेको थियो। पछिल्ला भेटहरूमा पनि न्युजिल्यान्डको प्रभाव राम्रो रहेको छ। तर, ठूला प्रतियोगितामा विगतका तथ्यांकले धेरै अर्थ नराख्ने भएकाले दुवै टोलीका लागि यो खेल लगभग ‘गर या मर’ को अवस्थामा रहेको छ।

श्रीलङ्काका लागि हार सीधै बहिर्गमन बराबर हुँदा न्युजिल्यान्डसँग भने अलिकति सम्भावना बाँकी रहने छ। तर पनि यो खेल दुवै टिम जित्दै अन्तिम चारमा आफ्नो आशा बलियो बनाउने प्रयास गर्ने छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?