चार अमर प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गरिने

चार अमर प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गरिने
+
-

काठमाडौँ- नइ एकेडेमीले चार जना अमर प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

पुरस्कारबाट महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी, प्रा. शिवगोपाल रिसाल, प्रा.डा. चूडामणि बन्धु र प्रा.डा. दयाराम श्रेष्ठलाई जनही ५० हजार रुपैयाँ राशिसहित सम्मान गरिने भएको हो।

त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक योगदानमार्फत नेपाली भाषा–साहित्यको उन्नयनमा पुर्‍याएको ऐतिहासिक र कालजयी योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ।

साथै ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’लाई उचाइमा पुर्‍याउन उनीहरूको उल्लेखनीय भूमिका रहेको उल्लेख गरिएको छ।

महासमालोचक प्रा. त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा यही चैत २७, २८ र २९ गते आयोजना हुने ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’कै अवसरमा पुरस्कार समर्पण गरिने कार्यक्रम छ।

नइ एकेडेमीकी कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। जानकारी सदस्य–सचिव नरेन्द्रराज प्रसाईले दिएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?