साम्बाको उपचार गराउने जिम्मा क्लबको होः एन्फा

साम्बाको उपचार गराउने जिम्मा क्लबको होः एन्फा
+
-

काठमाडौँ – नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टीमकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’को उपचार गर्ने जिम्मा उनी आबद्ध क्लबको भएको जनाएको छ।

साम्बाले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका लागि समर्थकसँग आर्थिक सहयोग मागेपछि एन्फाले विज्ञप्ति जारी गर्दै उपचारको जम्मेवारी उनी आवद्ध न्युजिल्याण्डको विलिङ्टन फोनिक्स फुटबल क्लब भएको जनाएको हो। कुनै पनि खेलाडी क्लबबाट फुटबल खेल्ने क्रममा घाइते भएमा उपचारको जिम्मा पनि क्लबकै हुने अन्तर्राष्ट्रिय अभ्यास रहेको एन्फाको भनाइ छ।

एन्फाले भनेको छ, ‘व्यवसायिक क्लब फुटबलमा कुनै पनि खेलाडी घाइते भए निजको उपचारको जिम्मा क्लबकै रहने अन्तराष्ट्रिय प्रचलन रहेको छ।’

क्लबले न्युजिल्याण्डको अस्पतालमा उपचारका लागि पहल गरेको तर साम्बाले कतारमा उपचार गराउने इच्छा राखेकोले त्यसका लागि एन्फाले पहल गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘साम्बाको हकमा उहाँको क्लबले न्युजिल्याण्डको अस्पतालमा उपचारको पहल गरेको तर उहाँले कतारमा गई उपचार गराउने इच्छा राखेकोले एन्फाले यसको लागि सबै प्रयास र पहलहरु गरि नै राखेको जानकारी गराउँदछौँ। नेपाली फुटबलमा साम्बाले पुऱ्याउनुभएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै उहाँको उपचारका लागि एन्फाले कतार फुटबल संघसँग औपचारिक पत्राचार गरिसकेको जानकारी गराउन चाहन्छौँ।’

साम्बाले भने आफ्नो उपचारमा एन्फाले सहयोग नगरेको गुनासो गरेकी छन्।

यो पनि पढ्नुहोस्

घाइते ‘साम्बा’ले क्युआर सेयर गर्दै मागिन् समर्थकसँग आर्थिक सहयोग

घाइते ‘साम्बा’ले क्युआर सेयर गर्दै मागिन् समर्थकसँग आर्थिक सहयोग

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?