पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी

पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी
फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • पछिल्लो शान्तिसुरक्षालाई मध्यनजर गर्दै पर्साको वीरगञ्ज क्षेत्रको चार किल्लाभित्र कर्फ्यू आदेश लगाइएको छ।
  • दुई समुदायबीच तनाव बढेपछि जिल्ला सुरक्षा समितिले सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गर्‍यो।
  • अत्यावश्यक सवारीसाधन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र परीक्षा सम्बन्धित व्यक्तिहरूको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्नेछन्।

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगर क्षेत्रमा पछिल्लो शान्तिसुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आव बिहान ९ः ४५ बजेदेखि लागू हुनेगरी महानगरको चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गरेका हुन् ।

आइतबार वीरगञ्ज महानगरको श्रीपुर क्षेत्रमा पार्किङको विषयमा भएको सामान्य विवादबाट सुरु भएको घटनाले क्रमशः दुई समुदायबीच तनाव बढाएपछि जिल्ला सुरक्षा समितिले सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै अर्काे आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्साको वीरगञ्ज महानगरभित्र चार किल्ला तोकेर कर्फ्यू आदेश गरिएको बताए ।

प्रशासनले पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सियानदी, उत्तरमा गण्डक चोक र दक्षिणतर्फ शंकराचार्य गेट सीमना तोकेर कसैले आवतजावत गर्न कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरिएको छ ।

जिल्ला प्रशासनले कफ्र्यू आदेश अवधिभरमा अत्यावश्यक सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, शवबाहन, स्वास्थ्यकर्मीका सवारीसाधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परिक्षार्थी एवं परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटकका सवारीसाधन, कूटनीतिक नियोग र मानवअधिकारकर्मी र हवाई टिकटको आधारमा हवाई यात्रुको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने बताइएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?