इन्दिरा राना मगरले भनिन्, ‘म प्रश्नबाट भाग्ने मान्छे होइन’

इन्दिरा राना मगरले भनिन्, ‘म प्रश्नबाट भाग्ने मान्छे होइन’
+
-

झापा – झापा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार इन्दिरा राना मगरले आफूमाथि लागेको ‘प्रश्नबाट भागेको’ आरोपको कडा शब्दमा खण्डन गरेकी छन्।

केही दिनअघि बिर्तामोडमा आयोजित एक टेलिभिजन बहस (इलेक्सन डिबेट) मा उनी अनुपस्थित भएपछि विपक्षीहरूले उनी नागरिकका प्रश्नहरूको सामना गर्न डराएको आरोप लगाएका थिए।

उक्त आरोपको जवाफ दिँदै राना मगरले कार्यक्रमको समय व्यवस्थापनमा भएको अन्तिम समयको परिवर्तनका कारण आफू उपस्थित हुन नसकेको स्पष्ट पारेकी छन्।

उनका अनुसार सुरुमा दिउँसो हुने भनिएको कार्यक्रम अघिल्लो साँझ मात्रै अचानक बिहानका लागि तय गरिएको खबर आएको थियो। सोही समयमा अन्य सञ्चारमाध्यमहरूलाई पहिल्यै अन्तर्वार्ताको समय दिइसकेकाले आफू दोहोरो चेपुवामा परेको उनले बताइन्।

‘इन्दिरा राना मगर प्रश्नबाट भाग्ने मान्छे होइन, म जुनसुकै प्रश्नको पनि उत्तर दिन सक्छु,’ उनले भनिन्। आफू पहिल्यैदेखि सार्वजनिक जीवन र समाजसेवामा सक्रिय रहेकाले बोल्न नजान्ने वा डराउने अवस्था नरहेको उनले प्रस्ट पारिन्।

बिहानको समयमा अन्य पत्रकारहरू घरमै अन्तर्वार्ताका लागि आइसकेकाले एकैपटक दुई ठाउँमा पुग्न असम्भव भएको उनको तर्क छ।
निर्वाचन प्रचारप्रसारका क्रममा आफ्नो क्षेत्रका समस्याहरूबारे बोल्दै उनले झापा २ लाई ‘सुगम भित्रको दुर्गम’ को संज्ञा दिइन्। बिर्तामोड जस्ता क्षेत्रमा बाहिरबाट हेर्दा ठूला संरचना बनेको देखिए पनि ढल निकास जस्ता आधारभूत समस्या विकराल रहेको उनले सुनाइन्।

विशेषगरी बुधबारे बजारमा ढलको उचित प्रबन्ध नहुँदा व्यापारी र उपभोक्ताले भोग्नुपरेको सास्तीलाई उनले प्रमुख मुद्दाका रूपमा उठाएकी छन्।

उपसभामुखको कार्यकालमा संसद्‌मा आफूविरुद्ध भएका गतिविधिका कारण केही समय निराश बनेको भए पनि अहिले मतदाताको उत्साहले नयाँ ऊर्जा दिएको उनले बताइन्।

लामो समय समाजसेवामा बिताएकी रानाले अब संसद्‌मार्फत काम गर्ने दायरा फराकिलो बनाउन आफू चुनावी मैदानमा होमिएको र मतदाताको सकारात्मक प्रतिक्रियाले जितमा विश्वस्त रहेको उल्लेख गरिन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?