काठमाडौँ – टी-२० विश्वकपअन्तर्गत सुपर-८ को आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले श्रीलंकामाथि ५१ रनको प्रभावशाली जित हासिल गरेको छ।
पल्लेकेले मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले दिएको १ सय ४७ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंका ९५ रनमा अलआउट भयो।
श्रीलंकका लागि कप्तान दसुन सनाकाले ३० रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक कमिन्डु मेन्डिसले १३ तथा दुथिन वेलालगेले १० रन बनाउनु थप दोहोरो स्कोरका रुपमा रह्यो।
श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा इंग्ल्यान्डका लागि विल ज्याक्सले सर्वाधिक ३ विकेट लिए। त्यस्तै, जोफ्रा आर्चर, लियम डावसन र आदिल रसिदले २-२ विकेट लिFदा जेमी ओभरटनले १ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो। उसका लागि फिल साल्टले ६२ रन बनाउँदा ह्यारी ब्रुकले १४ तथा विल ज्याक्सले २१ रन बनाए। त्यस्तै, जेमी ओभरटन १० रनमा अविजित रहे।
श्रीलंकाका लागि दुनाथ वेलालगेले ३ तथा महिसा थिकसेना र दिलसान मधुसंकाले २-२ विकेट लिए।