अ
+
अ
अ
-
काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा थप प्रहरी पठाएको छ।
आज महाराजगन्जस्थित १ नम्बर गणबाट निर्वाचन सुरक्षाका लागि प्रहरीलाई पठाइएको हो। तीन हजारभन्दा बढी प्रहरीलाई विभिन्न जिल्लाको लागि पठाइएको छ।
उनीहरू मोरङ, धनकुटा, उदयपुर, संखुवासभा, तेह्रथुम, सिरहा, पर्सा, सप्तरी, सर्लाही रौतहटलगायत जिल्लामा जाँदै छन्।
