अ
+
अ
अ
-
जनकपुरधाम- सर्लाहीमा प्रहरीले एक जना प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारमाथि हातपात गर्ने प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागमती नगरपालिका १२ बस्ने ३२ वर्षीय प्रशान्त वाइबा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार फागुन ६ गते बेलुका करिब पौने ६ बजेको समयमा बागमती १२ स्थित आनन्द होटेलमा सर्लाही क्षेत्र नम्बर ३ को जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रत्यक्ष तर्फका उम्मेदवार डा. जयप्रकाश यादव खाजा खान गएको अवस्थामा वाइबाले तथानाम गाली गलौज, अभद्र व्यवहार गर्दै हातपातको प्रयास गरेका थिए ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईले आरोपित वाइबालाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय, सर्लाहीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको बताए।