सर्वोच्चको ढिलाइ ‘म्याद गुज्रिएको औषधि’जस्तै: ओली

सर्वोच्चको ढिलाइ ‘म्याद गुज्रिएको औषधि’जस्तै: ओली
+
-

​झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले निर्वाचनपछि मात्र साधारण तारेख तोक्नु व्यावहारिक रूपमा अर्थहीन भएको टिप्पणी गरेका छन्।

झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यति ठूलो संवैधानिक प्रश्नमा अदालतबाट समयमै फैसला आउनुपर्नेमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।

अध्यक्ष ओलीले अदालतको ढिलासुस्तीप्रति कटाक्ष गर्दै निर्वाचनपछिको फैसला ‘म्याद गुज्रिएको औषधि’ जस्तै हुने बताए।

‘सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनुपर्दथ्यो,’ उनले भने, ‘निर्वाचनपछि साधारण तारेख राख्नुको अब कुनै व्यवहारिक अर्थ वा प्रयोजन छैन। यसले भोलिका लागि कुनै सिद्धान्त वा नजिर त प्रतिपादन गर्ला, तर न्याय त अर्थपूर्ण हुनुपर्दछ।’

उनले न्याय सम्पादन प्रक्रिया समयसापेक्ष नभए त्यसको औचित्य समाप्त हुने बताए। देशमा हालै भएका हिंसात्मक गतिविधिप्रति लक्षित गर्दै ओलीले भदौ २३ र २४ गते भएका आगजनी, लुटपाट र तोडफोडका घटनालाई आपराधिक मनोवृत्तिको उपज भएको बताए।

सार्वजनिक सम्पत्ति, औद्योगिक प्रतिष्ठान, र राजनीतिक दलका कार्यालयहरूमाथि भएको आक्रमणले नेपाली समाजको लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रहार गरेको उनको तर्क थियो। ती घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले यस्ता कार्यहरू नेपाली समाजमा हुनै नहुने बताए।

​अध्यक्ष ओलीले देशको सार्वभौमसत्ता र स्वाधीनता रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए। उनले नेपाललाई राजनीतिक रूपमा स्वतन्त्र र आर्थिक रूपमा आत्मनिर्भर राष्ट्रको रूपमा अगाडि बढाउनु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि एमाले प्रतिबद्ध रहेको बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?