पाकिस्तानका उस्मान तारिक: दुबईको सेल्सम्यानदेखि विश्वकपको ‘सरप्राइज’ प्याकेजसम्म

पाकिस्तानका उस्मान तारिक: दुबईको सेल्सम्यानदेखि विश्वकपको ‘सरप्राइज’ प्याकेजसम्म
+
-
देशसञ्चार AI सारांश
  • पाकिस्तानका उस्मान तारिकले नयाँ विरल बलिङ शैलीसँग टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै क्रिकेटप्रेमीहरूको ध्यान आकर्षित गरेका छन्।
  • साधारण परिवारबाट आएका उनले एमएस धोनीको बायोपिकले प्रेरित भई क्रिकेटमा फर्केर उल्लेखनीय करियर पुनरुत्थान गरेका छन्।
  • तारिकको खेल्ने शैलीले विवाद उत्पन्न गर्दै आलोचना पनि पाएको छ, तर उनी आफ्नो सफलता संग निरन्तर लागिपरेका छन्।

काठमाडौँ– धेरैलाई सायदै लागेको थियो, पाकिस्तानले टी-२० विश्वकपमा आफ्नो टिम घोषणा गर्दा उस्मान तारिकले टिममा स्थान बनाउँछन् भनेर तर पाकिस्तानले जब तारिकलाइ समेट्यो त्यसपछिनै हो उनकोबारेमा धेरै सामाग्रिहरु खोजिएको। उनकाबारेमा पाकिस्तानीले मात्र होइन भारतीय र क्रिकेटमा रुची राख्नेहरुले धेरै सर्च गरेका छन्।

अझ उनको बलिङ गर्ने स्टायललाई लिएर त क्रिकेट विश्व दुई भागमै विभाजित छ। जब उनी बलिङका लागि जान्छन्। बल फ्याँक्ने बेला टक्क रोकिन्छन् र बलिङ गर्छन् जसलाइ धेरैले ‘खराब याक्सन’ का रुपमा लिंदै आलोचना गरेका छन्। तर आइसीसीले उनको बलिङ याक्सन चेक गरेर क्लिन चिट दिइसकेकाले यो विवाद खासै अर्थपूर्ण देखिंदैन।

यति धेरै चर्चाको शिखरमा पुग्ने तारिक को हुन् त? जो पाकिस्तानको टिममा सुटुक्क परेर अहिले तहल्का मच्चाइरहेका छन्। तारिक खासमा साधारण पाकिस्तानी नागरिक हुन् जो आफ्नो परिवार पाल्नका लागि वैदेशीक रोजगारिका लगि सानै उमेरमा दुबईमा गएका थिए। उनी दुबई जानु अघि क्रिकेट खेल्थे तर उनले आफ्नो भविष्य वैदेशीक रोजगारिमै देखे।

तर जब तारिकले भारतीय लेजेन्ड महेन्द्र सिंह धोनीको बायोपिक मुभि हेरे त्यसपछि उनले आफुलाई बदल्ने निर्णय लिए। अहिले त्यही बदलिएका उस्मानले दुनियाँलाई आफूप्रति आकर्षीत गरिरहेका छन्।

उनी विश्वकप अघिसम्म ठूला स्टार बनिसकेका थिएनन् उनले सयौँ खेल खेलेका पनि हैनन् तर विश्वकप अघिका केही अन्तर्राष्ट्रिय टी-२० खेलमा उनले सनसनीपूर्ण प्रदर्शन गरे। उनको प्रदर्शन सामान्य थिएनन्। यी तथ्याङ्कले उनी केही ओभरमै खेल उल्ट्याउन सक्ने क्षमतावान क्रिकेटरका रुपमा उदाउँदै थिए।

किस्तानी कप्तान सलमान आगाले २८ वर्षीय तारिकलाई विश्वकप अघिनै टिमको ‘सुरतको एक्का’ का रुपमा परिभाषित गरेका थिए। पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध प्लेइङ ११ मा नपरे पनि उनी दोस्रो खेलमा अमेरिका विरुद्धको खेलमा विश्वकप डेब्यु गर्दै सनसनिपूर्ण प्रदर्शन गरे।

उनले चार ओभर बलिङ गर्दै २७ रन दिएर ४ विकेट लिए। भारत विरुद्ध १ र नामिबिया विरुद्ध ४ विकेट लिए। उनी जारी विश्वकपमा ३ खेलबाट ८ विकेट लिइसकेका छन्। उनले ५.८२ को इकोनोमिमा ६७ रन खर्चिएका छन्।

क्रिकेटभन्दा टाढा बाँचिरहेका थिए

उस्मान तारिकको कथा त्यति सरल छैन। जो क्रिकेट खेलेरै हुर्किएको र सजिलै सफलता पाएकाहरुको जस्तो वास्तवमा, उनले एक समय क्रिकेट पूर्ण रूपमा त्यागिसकेका थिए ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको नौशेरा जिल्लामा जन्मेका तारिक सानै उमेरमा संयुक्त अरब इमिरेट्स (यूएई) गएका थिए। त्यहाँ उनले एउटा खरिद कम्पनीमा सेल्सम्यानको रूपमा काम गरे। क्रिकेट उनको प्राथमिकतामा थिएन, जीवन केवल पैसा कमाउनु र बाँच्नुमा सीमित थियो।

तर कहिलेकाहीँ एउटै क्षणले सबैथोक बदलिदिन्छ। उनको जीवन पनि त्यस्तै भयो जब भारतीय टोलीका पूर्व कप्तान एमएस धोनीको जीवनमा आधारित चलचित्र ‘एम.एस. धोनी: द अनटोल्ड स्टोरी’ हेरे। अनि उनले संकल्प गरे फेरि क्रिकेट खेल्ने छु। उनी दुबई छोडेर आफ्नो बाल्यकालको सपना पछ्याउँदै पाकिस्तान फर्किए।

एक साथीले उनलाई पाकिस्तानी ओपनर फखर जमानसँग भेटाए, जसले उनलाई खैबर पख्तुनख्वाका प्रशिक्षकहरूसँग जोड्न मद्दत गरे। पछि पूर्व क्रिकेटर वजाहतुल्लाह वस्तीले उनलाई मार्गदर्शन गरे। बिस्तारै तारिकले आफ्नो क्रिकेट करियर पुनर्जीवित गरे।

पिएसएलदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म

डिसेम्बर २०२३ मा उनी ‘क्वेटा ग्ल्याडिएटर्स’ बाट पाकिस्तान सुपर लिग (पीएसएल) का लागि छानिए। यो उनको जीवनको ठूलो मोड थियो। त्यसपछि उनले विश्वभरका अन्य लिगहरू पनि खेले र आर्थिक समस्या सधैँका लागि टार्न सफल भए।

सन् २०२५ मा उनले क्यारिबियन प्रिमियर लिगमा ‘ट्रीनबागो नाइट राइडर्स’ बाट खेल्दै २० विकेट लिए र टोलीलाई उपाधि दिलाउन मद्दत गरे। यसै प्रदर्शनले उनलाई दक्षिण अफ्रिका विरुद्धको सिरिजमा राष्ट्रिय टोलिको ढोका खोलिदियो।

आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमै उनले २६ रन दिएर २ विकेट लिए। त्यसको लगत्तै जिम्बावे विरुद्धको त्रिदेशीय श्रृंखलामा ह्याट्रिक गर्दै उनी ‘प्लेयर अफ द म्याच’ बने। कुनै समयका सेल्सम्यान अब पाकिस्तानका लागि ‘सिरियल म्याच-विनर’ को छबिमा रुपान्तरित बनिसकेका थिए।

ब्याटरलाई अल्मल्याउने त्यो ‘पज’

तारिक दायाँ हाते अफ-स्पिनर हुन्। तर उनलाई अरूभन्दा फरक बनाउने कुरा स्पिन मात्र होइन। बलिङ गर्दा उनको रन-अपमा एउटा प्रष्ट ‘पज’ (एकछिन रोकिने शैली) छ। बल फाल्नुअघि उनी लगभग रोकिन्छन्। यो ‘स्टप-स्टार्ट’ शैलीले ब्याटरको लय र मुड बिगार्छ।

आधुनिक टी-२० क्रिकेटमा ब्याटरहरू सही समय (टाइमिङ) र द्रुत निर्णयमा भर पर्छन्। जब बलरले टाइमिङमा थोरै मात्र परिवर्तन गरिदिन्छ, त्यसले अलमल पैदा गर्छ। त्यही अलमलले खराब सट खेल्न बाध्य बनाउँछ र विकेट जान्छ।

भारतविरुद्ध यो रणनीति निकै महत्वपूर्ण मानियो तर भारतीय ब्याटिङ लाइनअपमा धेरै बायाँ हाते ब्याटरहरू भएकाले उनको रणनीति त्यति लाभदायक रहेन। उनको बलिङ एक्सनलाई लिएर धेरै प्रश्नहरू पनि उठेका छन्।

पिएसएलमा उनको एक्सन शंकास्पद भनिएको थियो तर पछि उनले क्लिन चिट पाए। ‘आईसीसीले दुई पटक उनको परीक्षण गरेर स्वीकृति दिइसकेको छ, मलाई थाहा छैन यो हल्ला किन भइरहेको छ। जे होस्, उनलाई यी कुराले खासै फरक पार्दैन किनकी उनले खेल्न थालेदेखि नै मानिसहरूले उनको एक्सनकोबारेमा कुरा गरिरहेका छन्,’ कप्तान आघाले भने।

तैपनि सामाजिक सञ्जालमा उनलाई जिस्काइन्छ र कतिपयले प्रतिबन्धको माग पनि गर्छन्। तर यी कुनै पनि कुराले तारिकलाई आफ्नो उत्कृष्ट प्रदर्शन गर्नबाट रोकेको छैन। अब उनको प्रदर्शन आज न्युजिल्यान्ड विरुद्ध र समग्र पाकिस्तानको अघिल्लो चरणका लागि कति यादगर हुन्छ त्यसले उनको मात्र होइन समग्र पाकिस्तानको भविष्यको यात्रानै यादगर बनाउने छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?