सर्लाही–४ मा कसले मार्ला बाजी

सर्लाही–४ मा कसले मार्ला बाजी
+
-
देशसञ्चार AI सारांश
  • निर्वाचनको मिति नजिकिँदै गर्दा सर्लाही क्षेत्र नम्बर ४ मा ३८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
  • सातवटा स्थानीय तहको ५१ वार्ड रहने यस क्षेत्रमा १ लाख २१ हजार १२ जना मतदाता छन्।
  • कांग्रेसका अमरेश कुमार सिंहले २०७९ को निर्वाचनमा २० हजार १७ मत ल्याएर स्वतन्त्र उम्मेदवारको रूपमा जितेका थिए।

जनकपुरधाम – निर्वाचनको मिति नजिकिँदै गर्दा दलका एवं स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन्। फागुन २१ मा हुन लागेको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ सबैको चासोको विषय बनेको हो। यहाँबाट नेपाली कांग्रेसका सभापति गगन कुमार थापासहित ३८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसले गगनलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेकाले समेत यो क्षेत्र सबैको चासोको विषय बनेको छ। गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलन पश्चात मुलुक अहिले चुनावमा गएको छ।

कांग्रेसका सभापति थापा लगातार तीन पटकदेखि जित्दै आएको काठमाडौं ४ छाडेर सर्लाही ४ बाट यसपटक उम्मेदवार छन्। कांग्रेसबाट बागी भएर २०७९ को निर्वाचनमा उम्मेदवार बन्दै जितेका अमरेश कुमार सिंह फेरी यस क्षेत्रबाट उम्मेदवार छन्। उनले यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा प्रवेश गर्दै उम्मेदवार बनेका छन्।

निर्वाचन अधिकृतको कार्यालय, सर्लाही ४ का अनुसार यस क्षेत्रमा ३८ जना उम्मेदवार रहेकोमा १३ जना विभिन्न राजनीतिक दलबाट र २५ जनाले स्वतन्त्रबाट उम्मेदवार बनेका छन्।

यहाँ नेकपा एमालेबाट संविधानसभा सदस्य शिवपुजन यादवको छोरा २७ वर्षीय अमनिश कुमार यादव, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट रजनिस राय, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रदीप कुमार झा, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वर राय यादव, जनमत पार्टीबाट राकेश कुमार मिश्र, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रामचरित्र सहनी, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बाट रामनाथ प्रसाद साह, उज्यालो नेपाल पार्टीबाट पीताम्बर सिंह कुशवाहा, बहुजन एकता पार्टी नेपालबाट हरिनन्दन कुमार रंजन, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट उदयकान्त मिश्र र आम जनता पार्टीबाट रिंकी कुमारी साह उम्मेदवार छिन्।

यस्तै, स्वतन्त्रबाट अरविन्द कुमार ठाकुर, अमित रंजन सिंह, अम्बुज प्रसाद साह, अजय ओझा, कमलेश मण्डल, गणेश प्रसाद सिंह, चुनचुन भण्डारी, छोेटेलाल कुमार यादव, जय शंकर सिंह कुशवाहा, धिरज ठाकुर, निलेश कुमार यादव, नरेन्द्र प्रसाद सिंह, मधुमाला कुमारी यादव, महेश मंडल धानुक, मुकेश प्रसाद कुशवाहा, रमण मिश्र, राम प्रवेश यादव, लखेन्द्र महतो, विक्रम यादव, शिव प्रसाद साह, शुलपानी झा, संजिव कुमार पासवान, सचित्र सहनी, संतोष कुमार निषाद र ज्ञानेन्द्र प्रसाद कुशवाहा उम्मेदवार छन्।

सर्लाहीको ७ वटा स्थानीय तहको ५१ वार्ड पर्ने यस निर्वाचन क्षेत्रमा १ लाख २१ हजार १२ जना मतदाता रहेका छन्। सर्लाहीको बरहहथवा नगरपालिकाको १८ मध्ये ७ वार्ड, बसबरीया गाउँपालिकाको ६ मध्ये ३ वार्ड, विष्णु गाउँपालिकाको ८ मध्ये ४ वार्ड पर्छ। यस्तै, धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका र गोडैटा नगरपालिकाको सबै वार्ड यस क्षेत्रमा पर्छ। स्थानीय तहको निर्वाचन २०७९ को मतपरिणाम अनुसार यस क्षेत्रमा पर्ने वार्डमध्ये कांग्रेसले १९ वार्ड जितेको थियो। यस्तै, तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एस एवं अहिलेका नेकपाले १२ मा, नेकपा एमालेले १० मा र तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी तथा जसपा नेपालले १० वार्डमा जितेको छ।

सातवटा स्थानीय तह पर्ने यस क्षेत्रको बरहथवा नगरपालिकाका प्रमुख तथा उपप्रमुख एमालेले जितेको छ भने बसबरीयाको अध्यक्ष र उपाध्यक्ष तथा गोडैटा नगरपालिकाको प्रमुख र उपप्रमुख जसपा नेपालका छन्। बलराको प्रमुख र उपप्रमुख नेकपाका छन् विष्णुको अध्यक्ष र उपाध्यक्ष, धनकौलको अध्यक्ष र उपाध्यक्ष कांग्रेसका छन्।

स्थानीय तहको नतिजा अनुसार यस क्षेत्रमा कांग्रेस बलियो देखिएको छ। २०७९ को स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा पर्ने वार्डमा महिला सदस्यमा कांग्रेसले जम्मा २२ हजार १४१ मत पाएको थियो भने जसपा नेपालले २० हजार ३०६, नेकपाले १८ हजार ४२१ र एमालेले ११ हजार ४३८ मत पाएका थिए।

२०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र लडेका अमरेशले २० हजार १७ मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका नागेन्द्र कुमारले १८ हजार २५३ मत ल्याएका थिए। स्वतन्त्रबाटै उम्मेदवार रहेकी पूर्व सांसद शिवपुजय यादवको छोरी मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत ल्याएकी थिइन्। मधुमाला यस पटक डमी उम्मेदवार बनेकी छन्। यस्तै, जसपा नेपालका राकेश कुमार मिश्रले ५ हजार ८१३ मत ल्याएका थिए। मिश्र यस पटक जनमत पार्टीबाट उम्मेदवार छन्।

२०७४ को निर्वाचनमा कांग्रेसबाट अमरेश कुमार सिंहले २९ हजार ६७५ मत ल्याएर निर्वाचित भएका थिए भने जसपा नेपालबाट राकेश कुमार मिश्रले २८ हजार १३६ मत ल्याएका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?