पर्यटन प्रवर्द्धनका लागि ‘टूर दि ठाकुरद्वारा’

पर्यटन प्रवर्द्धनका लागि ‘टूर दि ठाकुरद्वारा’
+
-

नेपालगन्ज- नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा दुई दिने टूर दि ठाकुरद्वारा साइकलयात्रा सुरु भएको छ।

नेपालगन्जको बागेश्वरी मन्दिरबाट आज बिहान सुरु भएको साइकलयात्रा नेपालगन्ज बजार परिक्रमा गर्दै यहाँका धार्मिक पर्यटकीय स्थलको भ्रमण गर्दैछ।

जिल्लाका पर्यटकीय क्षेत्रको भ्रमणसँगै आज गाभर होमस्टेमा बस्ने र भोलि बर्दियाको ठाकुरद्वारा जाने कार्यक्रम रहेको क्लबका अध्यक्ष कविराम बुढाथोकीले जानकारी दिए।

आठौँ संस्करणको यो यात्रामा विश्व साइकल यात्री पुष्कर शाह, भारतीय साइकल यात्री शैलेन्द्र शाहलगायत नेपाल र भारतका दुई सयभन्दा बढी सहभागी छन्।

साइकलको चेन, पेडलका साथै पाङ्ग्राको सहायतामार्फत यस क्षेत्र र छिमेकी जिल्लाका पर्यटकीय स्थलको दृश्यावलोकन गर्न र पर्यटकीय सम्भावनाको व्यापक खोजी गर्दै आम रूपमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले २०७५ सालदेखि टूर दि ठाकुरद्वारा साइकल यात्रा हुँदै आएको छ।

टूर दि ठाकुरद्वाराको उद्घाटनमा नेपालगन्जका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङलगायतको उपस्थिति थियो।
तस्बिरहरू:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?